सोमबार, मंसिर १५ २०७७
काठमाडौं ०१:०४
वासिङटन डिसी 14:19

सूचना तथा प्रविधिमा महिला सहभागिता बढाउनुपर्ने: सञ्चार मन्त्री रिजाल

इनेप्लिज २०७२ वैशाख १० गते १०:२८ मा प्रकाशित

minendra-riajal-300x200काठमाडौँ, १० वैशाख । सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले स्थानीय स्तरबाट राज्यका हरेक निकायमा महिला सहभागिता गराइनुपर्ने बताउनुभएको छ ।

‘इन्टरनेसनल गल्र्स इन आइसिटी डे’का अवसरमा नेपाल दूरसञ्चार प्राधिकरण र राष्ट्रिय महिला आयोगद्वारा यहाँ आज आयोजित अन्तरक्रियामा उहाँले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामा केही प्रतिनिधिमूलक सहभागिताभन्दा पनि जनसङ्ख्याका आधारमा राज्यको तल्लो निकायदेखि नै महिला सहभागिता सुनिश्चित गरिनुपर्नेमा जोड दिनुभयो ।

प्राधिकरणद्वारा प्रकाशित ‘गल्र्स इन इक्ट’ नामक पत्रिकाको विमोचन गर्दै मन्त्री रिजालले भन्नुभयो – “कुनै एउटा क्षेत्रमा मात्र भन्दा पनि सबै क्षेत्रमा महिलाको उत्तिकै सहभागिता सुनिश्चित हुनुपर्छ, आर्थिक, सामाजिक र राजनीतिक रूपमा पछाडि पारिएका महिलालाई समावेशी सिद्धान्तका आधारमा सञ्चारमाध्यममा सहभागी गराउन आवश्यक छ ।”

राष्ट्रिय महिला आयोगका अध्यक्ष शेषचाँद ताराले पछिल्लोपटक विश्वमा सूचना तथा सञ्चार प्रविधिको विकास तीव्र रूपमा भइरहेको अवस्थामा ती प्रविधिमा महिलाको संलग्नता बढाउनुपर्ने धारणा राख्नुभयो ।

प्राधिकरणका अध्यक्ष दिगम्बर झाले महिला तथा किशोरीलाई सूचना तथा प्रविधिको क्षेत्रमा सहभागिता गराउँदा व्यक्तिगत र राष्ट्रका लागिसमेत लाभ पुग्ने बताउनुभयो ।

‘एक्सपान्ड होराइजन चेन्ज एट्ट्यिुडस’ विषयमा आयोजित वक्तृत्वकता प्रतियोगितामा दिव्या बर्तौला प्रथम, विनिता श्रेष्ठ द्वितीय र सृष्टि शाक्य तृतीय हुनुभएको छ । त्यसैगरी सृजु मगाजु सान्त्वना पुरस्कारका लागि छनोट हुनुभएको छ । पुरस्कारको राशि क्रमशः रु २० हजार, रु १५ हजार, रु १२ हजार र रु १० हजार रहेको छ ।

सन् २०१० मा सम्पन्न ‘आइटियु प्लेनिपोटेसिएरी रिजोलुसन ७०–ग्वाडलाजारा, २०१०’ मा अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्गठनका सदस्य राष्ट्रहरुले गरेका प्रतिबद्धताअनुरुप सूचना तथा सञ्चार प्रविधिमा महिलाको उपस्थिति बढाउन प्राधिकरणले विगतका वर्षदेखि इन्टरनेसनल ‘गल्र्स इन एक्ट डे’ मनाउन सुरू गरेको हो । दिवसको यो वर्षको नारा ‘एक्सपान्ड होराइजन चेन्ज एट्ट्यिुडस’ रहेको छ ।

प्रतिक्रिया