पाँच हजार बढी बिरामीको उपचार

इनेप्लिज २०७२ वैशाख १० गते ८:५० मा प्रकाशित

jajarkot_mapजाजरकोट, १० वैशाख । यहाँ चैत १८ देखि वैशाख ९ गतेसम्म पाँच हजार ३०३ बिरामीको उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले जनाएको छ ।

जिल्लाका १२ गाविस रहेका बिरामीलाई गरिएको उपचारअनुसार अहिलेसम्म अर्छानी गाविसमा ६५९, पैकमा एक हजार ६८२, सक्लामा ३८०, नायकबाडामा ५७०, पजारुमा ५७४ र टालेगाउँमा ८३२ तथा मजकोट, दशेरा, कोताग र गर्खाकोट गाविसवाट तथ्याङ्क आएको छैन । त्यस्तै ढिमेमा ३१७, रोकायगाउँमा ११९, रामीडाँडामा २० र मजकोटमा १६० जनाको उपचार भएको छ ।

उपचार भएकामध्ये रुघाखोकीका बिरामी धेरै भएको स्वास्थ्यकर्मीले बताएका छन् । सरसफाइ, पोषण र खानेपानीको अभावले गर्दा रोगको सङ्क्रमण छिटो भएको छ । यसै गरी उपचारमा खटिनुभएका डा गोविन्द केसीका अनुसार सहरकेन्द्रित स्वास्थ्य सेवा हुनाका साथै गरिबी, अशिक्षा, पहुँचमा स्वास्थ्य सेवा नहुनु अर्को समस्या भएको छ ।

रोग उपचारको दिगो व्यवस्थापन नहुनु र स्वास्थ्य संस्थाको स्तरवृद्धि, जनशक्ति, उपकरण आदिको उपलब्ध नभएका कारण समयमा उपचार यहाँका जनताले नपाएको केसीको भनाइ छ । राज्यले ग्रामीणमुखी स्वास्थ्य नीति निर्माण गरिनुपर्नेमा जोड दिँदै केसीले जिल्ला अस्पताल पनि सुविधासम्पन्न हुनुपर्ने बताउनुभयो ।

यसैबीच जिल्ला स्वास्थ्य कार्यालयले जाजरकोटका ३० गाविसमा रहेका २७० महिला स्वास्थ्यस्वयम्सेविकालाई आजदेखि घर घरमा पठाएर जनचेतनामूलक कार्यक्रम गर्न र बिरामीलाई स्वास्थ्य संस्थामा ल्याउन अनुरोध गरेको । पैक र अछानीमा मात्र स्वाइन लु र सिजनल लु भनेर रोगबारे जानकारी भएको छ भने अन्यत्र कुनै पत्तो छैन ।

प्रतिक्रिया