बिहीबार, मंसिर ११ २०७७
काठमाडौं २१:१०
वासिङटन डिसी 10:25

महिला फुटबल खेलाडीका लागि अक्षय कोष

इनेप्लिज २०७२ वैशाख १० गते ८:४९ मा प्रकाशित

footballरौतहट, १० वैशाख । चन्द्रपुर नगरपालिका वडा नं १ घर भई हाल अस्टे«लियामा बसोवास गर्दै आएका एक युवकले रौतहटको महिला फुटवल खेलाडीका लागि अक्षय कोष निर्माणका लागि रु ५० हजार सहयोग गरेका छन् ।

रौतहटका महिला खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल खेलमा गरेको प्रदर्शनले उत्साही भई अस्ट्रेलिया बसोवास गर्दै आएका चन्द्रपुर निवासी दीपक अधिकारीले अक्षय कोष निर्माणका लागि सो रकम प्रदान गर्नुभएको हो ।

उहाँले उक्त रकम महिला फुटबल प्रशिक्षक चित्रबहादुर दर्लामी तथा टोली कप्तान सुनिता योञ्जनलाई संयुक्त रुपमा रकम हस्तान्तरण गर्नुभयो ।

महिला फुटबल खेलाडीको उर्वरभूमिका रुपमा परिचित हुँदै गएको रौतहट जिल्लाबाट हाल स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा महिला खेलाडीको बाहुल्य रहेको रौतहट फुटबल सङ्घले जनाएको छ ।

काठमाडौँमा जारी एएफसी यु–१४ महिला फुटबल प्रतियोगिमा समेत रौतहटको प्रतिनिधित्व गर्ने आठ खेलाडीको सहभागिता छ । यहाँका १७ महिला खेलाडी विभागीय टोली नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीमा अनुबन्धित छन् । चन्द्रपुरमा भने अझै ५० भन्दा बढी किशोरी नियमित फुटबल प्रशिक्षणमा संलग्न छन् । उनीहरुको शारीरिक क्षमता र बौद्धिक विकासमा समेत जोड दिनु उत्तिकै आवश्यक रहेको सङ्घका अध्यक्ष नेपाल कार्कीले बताउनुभयो ।

प्रतिक्रिया