शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं ०१:१६
वासिङटन डिसी 14:31

प्रमद्वारा स्वाइन फ्लु नियन्त्रणका लागि स्वास्थ्यमन्त्रीलाई निर्देशन

इनेप्लिज २०७२ वैशाख १० गते ८:३६ मा प्रकाशित

swine_flue_115702164काठमाडौँ, १० वैशाख । प्रधानमन्त्री सुशील कोइरालाले एसिया–अफ्रिका शिखर सम्मेलनस्थल इन्डोनेसियाको जाकर्ताबाट आज बिहान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीलाई टेलिफोन गरी जाजरकोटलगायत मुलुकका विभिन्न भागमा देखापरेको स्वाइन फ्लुको रोकथाम गर्न कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ ।

जाजकोटमा फैलिएको स्वाइन फ्लु नियन्त्रणमा आइनसकेको र अन्य जिल्लामा पनि रुघाखोकी र ज्वरोका बिरामी बढ्दै गएको जानकारी पाएपछि प्रधानमन्त्रीले सो निर्देशन दिनुभएको हो । गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मुख्य सचिव लीलामणि पौड्यालको संयोजकत्वमा स्वास्थ्य र रक्षा सचिव रहेको प्रकोप नियन्त्रण समन्वय समिति बनाएको थियो ।

यसपूर्व प्रधानमन्त्रीले स्वास्थ्यमन्त्री खगराज अधिकारी, स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठ, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सेनेन्द्र उप्रेती र इपिडियोमोलोजी महाशाखाका प्रमुख डा बाबुराम मरासिनीलाई प्रधानमन्त्रीको कार्यालयमा बोलाएर प्रकोप रोक्न युद्धस्तरमा काम गर्न निर्देशन दिइसक्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

जाजरकोटमा अज्ञात रोगबाट बिरामी हुने क्रम बढेको जानकारी पाएलगत्तै प्रधानमन्त्रीको निर्देशनमा स्वास्थ्यमन्त्री, जाजरकोट जिल्लाका सभासद्, मन्त्रालयका सम्बन्धित अधिकारी र चिकित्सकको टोली घटनास्थल पुगी थुक, खकार र रगतको नमुना सङ्कलन गरी काठमाडौँ ल्याएको थियो । सो परीक्षणपछि जाजरकोटमा स्वाइन फ्लु फैलिएको पुष्टि भएको थियो ।

टेलिफोन वार्ताका क्रममा स्वास्थ्यमन्त्री अधिकारीले प्रकोप नियन्त्रणका लागि हालसम्म भएका प्रयासको जानकारी दिनुभएको थियो । प्रकोप नियन्त्रणका सम्बन्धमा भएका प्रयास र बिरामीको अवस्था बुझ्न मुख्य सचि पौड्याल र स्वास्थ्य सचिव श्रेष्ठ आज जाजरकोट जाँदै हुनुहुन्छ ।

प्रतिक्रिया