शनिबार, मंसिर १३ २०७७
काठमाडौं ०७:४०
वासिङटन डिसी 20:55

महायज्ञबाट १४ लाख आर्थिक सङ्कलन

इनेप्लिज २०७२ वैशाख १० गते २:३५ मा प्रकाशित

तुलसीपुर (दाङ), १० वैशाख । अपाङ्ग समाज सुधार केन्द्र तुलसीपुर दाङले आफ्नो भवन निर्माणका लागि आर्थिक सङ्कलन गर्ने उद्देश्यले यहाँ सञ्चालन गरेको श्रीमद्भागवत महायज्ञमा करिब रु १४ लाख नगद सङ्कलन भएको छ ।

वैशाख १ गतेदेखि सञ्चालन भई बुधबार ९ गते सम्पन्न भएको महायज्ञमा एक कट्ठा पाँच धुर जग्गासमेत दान प्राप्त भएको महायज्ञ मूल आयोजक समितिका संयोजक टीकाराम कँडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया