शान्ति कायम गर्न धार्मिक गतिविधिको महत्व हुन्छ: नेता ओली
काठमाडौँ, ९ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नैतिकवान समाज निर्माण गरी दिगो शान्ति कायम गर्न धार्मिक गतिविधिको महत्व हुने बताउनुभएको छ ।
नक्सालस्थित बालमन्दिरमा आज आयोजित श्री महाश्रमणज्यूको प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मानव जाति तथा समुदायलाई आध्यात्मिक दर्शनको माध्यमबाट अहिंसापूर्ण समाज निर्माण भई मानिसलाई सत्कर्ममा लाग्न गुरुले दिनुभएका उपदेश उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा गुरु महाश्रमणज्यूले सम्पूर्ण प्राणीको कल्याणको भावनाले मात्र शान्तिपूर्ण र सहअस्तित्वको समाज विकास हुने विचार व्यक्त गर्दै विभिन्न देवदेवताका नाममा हुने पशुबलिको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो–“आत्मशुद्धीको साधना नै धर्म हो, धर्मले चेतनाको उत्थान र धार्मिक भावनाको विकास गर्दछ, त्यसले सुदृष्टि तथा संयम पैदा गरी अहिंसाको मार्गमा सहयोग गर्दछ ।”
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति रागिनी उपाध्याय, उद्योगी राजेन्द्र खेतान, नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठ, नेपाल बाल सङ्गठनका महासचिव सुवासकुमार पोखरेललगायतले एक महिनासम्म सञ्चालन हुने सो प्रवचनको सफलताको कामना गर्दै धर्मलाई मानव कल्याणका लागि उपयोग गर्नुपर्ने बताउनुभयो ।
जैन दर्शनका अन्तर्राष्ट्रिय धर्मगुरु महाश्रमण केही दिनअघि नेपालमा प्रवचन दिन तथा अन्य धार्मिक गतिविधिमा सहभागी हुन भारतबाट आउनुभएको हो । आउँदो जेठ ८ गतेसम्म सो प्रवचन सञ्चालन हुनेछ ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
तीन हजार नेपालीहरुको सहभागिता रहेको ऐतिहासिक एएनए सम्मेलन सम्पन्न
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
प्रतिक्रिया