विवादित विषय थाती राखेर संविधान: नेता देउवा
भीमदत्तनगर, ९ वैशाख । पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सङ्घीयतालगायत विवादित विषय थाती राखेर भए पनि संविधान जारी गर्नुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले पछिल्लो समय दलहरुबीच सहमतिको वातावरण बनेकाले संविधान चाँडै जारी हुने विश्वाससमेत व्यक्त गर्नुभयो ।
नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले आज बिहान महेन्द्रनगरमा आयोजना गरेको पत्रकारसम्मेलनमा उहाँले सङ्घीयताका विषयमा देशभर अलग–अलग धारणा आइरहेको बताउनुभयो ।
“विवाद सङ्घीयताका विषयमा बढी छ,” उहाँले भन्नुभयो – “शासकीय स्वरुपलगायत विषयमा सहमति भइसकेको छ ।”
उहाँले सङ्घीयताको विषय आयोगमार्फत टुङ्ग्याउने गरेर भए पनि संविधान जारी गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । । “मैले त असहमतिका विषय छाडेर पनि संविधान जारी गरौँ भनेको हुँ,” उहाँले भन्नुभयो – “सङ्घीयताको विषयमा पछि पनि समाधान खोज्न सकिन्छ ।”
प्रमुख दलहरुबीच सहमति भइसकेको विषय मस्यौदा समितिमा पठाउने सहमति बनिइसकेको बताउँदै उहाँले संविधान निर्माणमा ढिलाइ गर्न नहुने धारणा राख्नुभयो ।
अर्को एक प्रसङ्गमा उहाँले सुदूरपश्चिममा निर्माण हुन लागेको पञ्चेश्वर परियोजनाले सुदूरपश्चिमवासीलाई फाइदा पुग्ने बताउनुभयो ।
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा
एनआरएनए एनसीसी अमेरिकाको ११ औं साधारणसभा सुरु, आज ज्ञान सम्मेलन
प्रतिक्रिया