प्यूठानमा अपाङ्गता सूचना केन्द्र स्थापना
प्यूठान, ९ वैशाख । जिल्लामा रहेका अपाङ्गता भएका व्यक्तिलाई राज्यले दिने सेवा सुविधा तथा सरोकारवालालाई अपाङ्गता भएका व्यक्तिका बारेमा जानकारी दिने गरी यहाँ अपाङ्गता सूचना केन्द्रको स्थापना भएको छ ।
शारीरिकरुपमा अशक्त मानिने अपाङ्गता भएका व्यक्तिको सहयोगका लागि सूचना केन्द्र स्थापना गरिएको राष्ट्रिय अपाङ्ग सेवा सङ्घ प्यूठानका अध्यक्ष जुमानसिंह केसीले बताउनुभयो । महिला तथा बालबालिका कार्यालयको रु ५० हजारको आर्थिक सहयोगमा सूचना केन्द्रको स्थापना गरिएको हो ।
केन्द्रको मङ्गलबार उद्घाटन गर्दै सहायक प्रमुख जिल्ला अधिकारी भुपबहादुर पुनले केन्द्रले अपाङ्गता भएका व्यक्तिलाई राज्यले दिएका सेवा र राज्य पक्षलाई अपाङ्गता भएका व्यक्तिका बारेमा जानकारी लिन सहज हुने भन्दै केन्द्रको दिगो व्यवस्थापन आवश्यक रहेको बताउनुभयो ।
जिल्ला विकास समिति प्यूठानका सामाजिक विकास अधिकृत चन्द्रबहादुर जिसी र गैरसरकारी संस्था महासङ्घ प्यूठानका अध्यक्ष रमेश श्रेष्ठले अपाङ्गता सूचना केन्द्रको सञ्चालनमा आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो ।
विसं २०६८ को जनगणनाअनुसार प्यूठान जिल्लामा पाँच हजार ९३२ अपाङ्गता भएका व्यक्ति रहेका छन् । राज्यले समस्याका आधारमा अपाङ्गता भएका व्यक्तिलाई चार भागमा विभाजन गरेको छ ।
अमेरिकामा जन्मेकी प्राप्तिले अनलाइन मार्फत बालबालिकालाई नेपाली पढ्न र लेख्न सिकाउदै
मेरिल्याण्डमा गोली प्रहारबाट एक जनाको मृत्यु
न्यूयोर्कका गभर्नर कुमो बिरुद्ध लागेको यौन उत्पीडन समीक्षा गर्न स्वतन्त्र वकिल चयन गर्न आग्रह
राजधानी मन्दिरमा नेपाली पण्डित मोतिलाल शर्माबाट— स्वस्थानीको सॉगे (भिडियोसहित)
अमेरिकाको मिसिगनमा १४ बर्षिय किशोरीले हजुरआमाको हत्या गरेको अभियोगमा पक्राउ
प्रतिक्रिया