बैंकबाट गैरकानुनीरुपमा पैसा निकालेको आरोपमा सिबिआईद्वारा दाङका दुई व्यक्ति पक्राउ

इनेप्लिज २०७२ वैशाख ९ गते ३:५२ मा प्रकाशित

pakrau-देउखुरी (दाङ), ९ वैशाख । विद्युतीय प्रणालीअन्तर्गत सञ्चालित बंैकको खाता अनाधिकृत रुपमा परिवर्तन गरी पैसा निकाल्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले दाङका दुई जनालाई पक्राउ गरेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिबिआइले कम्प्युटर प्रविधिबाट सञ्चालित बैंकको खाता परिर्वतन गरी अनाधिकृत रुपमा पैसा निकाल्ने कार्यमा संलग्न रहेको आरोपमा मङ्गलबार लमहीका सजय पौडेललाई पक्राउ गरी काठमाडौँ पठाएको छ ।

सोही कार्यमा संलग्न भएको आरोपमा दाङका जनक कार्कीलाई पनि प्रहरीले यसअघि काठमाडौँबाटै पक्राउ गरिएको जनाएको छ ।

प्रतिक्रिया