मर्इ १ मा नेपालीहरुलार्इ युएईमा नि:शुल्क स्वास्थ्य सेवा

इनेप्लिज २०७२ वैशाख ८ गते १८:४७ मा प्रकाशित

THUMBAY HOSPITAL uae 1बैसाख ९ दुबई । अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात माई १ को अवसर पारेर नेपालीहरुका लागि युएईमा नि:शुल्क मेडिकल चेक जाच गरिने भएको छ।
दुबई र सारजाह लाई सेन्टर पारेरअल्मुला पल्जा नजिकै रहेको लुलु मार्केट सगै जोडिएको ( THUMBAY HOSPITAL ) थुम्बय हस्पिटलमा १ मे सुक्रबार बिहान ९ बजे देखि ५ बजे सम्म कार्यक्रम संचालन रहने हुदा युएईमा क्रियासिल सम्पूर्ण संघ सस्थाका प्रतिनिधिहरु,समाज सेबी साथै सम्पूर्ण नेपाली दाजुभाई तथा दिदि बैनिहरुलाई सिबिरमा उपस्थिति भै दिनुहुन अनुरोध गरिएको छ । आउन जानलाई यातायातको समेत ब्यबस्था गरिएको हुदा युएईमा रहनुभएका समाज सेबी तथा संघ सस्थाका प्रतिनिधिहरुले यस कार्यक्रममा सहयोग र सहभागिता जनाउन 0562889887 मा सम्पर्क गर्न सकिने सालिक सुबेदी बताउनु हुन्छ।
बैदेशिक रोजगारीमा रहेका समयमा बदलिएको जीवनशैलीका कारण हामिहरू विभन्न रोगहरुबाट प्रभावित हुने हुदा शारीरिक निष्क्रियता, मोटोपना, असन्तुलित खानपान, मदिरा तथा धूमपानको प्रवृत्ति, मानसिक तनाव लगायतका कारण हृदयाघात,सुगर तथा अन्य बिभिन्न समस्या देखा पर्न सक्ने अबस्थालाई मध्य नजर गर्दै नेपालीहरुको स्वस्थ्य सम्बन्धि हितलाई ध्यानमा राखी एभरेष्ट इन्टरनेसनल कन्सल्टेनसीका प्रोपाइटर तथा समाज सेबी सालीक सुवेदी यस कार्यक्रम ल्याउन लागेको बताउनु भयो।
अहिले प्रतेक व्यक्तिले आफुले अपेक्षा गरे भन्दा हरकसैलाई (मधुमेह) सुगर, डाइबेटिज, बल्ड प्रेसर अत्यधिक मात्रामा देखा परेका कारण कोलेस्टेरोल, मोटोपन र उच्चरक्तचाप जस्ता हृदयाघातका कारण बर्सेनी बैदेशिक रोजगारीमा आउने नेपालीहरुको दुखद मृतु हुने गरेको छ। युएईमा कार्यरत नेपालीहरुले उत्साहजनक रूपमा सहभागिता भई आफ्नै स्वस्थ्य सम्बन्धि फाइदा लिन सल्लहा सुझाब दिदै यस कार्यक्रम आफुले गर्न लागेको बताउनु भयो।

प्रतिक्रिया