शनिबार, मंसिर २० २०७७
काठमाडौं १२:०६
वासिङटन डिसी 01:21

इजिप्टका अपदस्थ राष्ट्रपति मोर्सीलाई २० वर्षको कारावासको सजाय

इनेप्लिज २०७२ वैशाख ८ गते १५:४४ मा प्रकाशित

miss-Nepalfinalaaकायरो, वैशाख ८ । इजिप्टको एक अदालतले प्रदर्शनकारीमाथि दुव्र्यवहार गरेको आरोपमा मङ्गलबार पूर्व राष्ट्रपति मोहमद मोर्सीलाई २० वर्षको कारावासको सजाय तोकेको छ भने उनलाई मृत्युदण्डको निर्णय हुनसक्ने अभियोगबाट उत्मुक्ति दिइएको बताइएको छ ।

पूर्व राष्ट्रपति मोर्सीमाथि हाल अनेकौ मुद्दामा सुनुवाइ भइरहेको छ। कायरोको अदालतले मोर्सी सन् २०१२ मा राष्ट्रपति हुँदा सङ्घर्षमा संलग्न भएको प्रदर्शनकारीलाई पक्राउ गर्ने आदेश दिएकोमा उनलाई दोषी प्रमाणित गरेको छ ।

यसै मुद्दामा अन्य १४ व्यक्तिमाथि पनि यस्तै प्रकारको अभियोग लगाइएको थियो । उनीहरू प्रायलाई पनि २० वर्षको कारावासको सजाय तोकिएको छ ।

अदालतले सन् २०१२ को डिसेम्बर ५ मा राष्ट्रपतिको निवासको बाहिरी भागमा एक पत्रकार तथा दुई प्रदर्शनकारीको हत्या गर्न उक्साएको भनी आरोप लगाइएका प्रतिवादीहरूलाई भने उन्मुक्ति दिएको छ । प्रतिवादीका वकिलहरूले आफूहरूले यस विषयमा पुनरावेदन दिने बताएका छन् ।रासस/एएफपी

प्रतिक्रिया