बुधबार, मंसिर १७ २०७७
काठमाडौं २२:५४
वासिङटन डिसी 12:09

बुधबार झापा ११ र एपीएफ भिड्दै

इनेप्लिज २०७२ वैशाख ८ गते १३:०३ मा प्रकाशित

लक्ष्मी काफ्ले
11156751_727986703994293_650657072_nबिर्तामोड, ८ वैशाख । जारी रेडबुल राष्ट्रिय लिग फुटबलमा झापाले होम अन्तरगत आफ्नो तेस्रो खेल बुधबार खेल्दैछ । बिर्ताबजारस्थित डोमालाल रंगशालामा बुधबार झापाले विभागीय टोली एपीएफको सामना गर्दैछ । उत्कृष्ट प्रदर्शन गर्दै अंकतालिकाको शीर्षस्थानमा रहेको झापा हजारौं घरेलु दर्शकको समर्थनसँगै एपीएफसँगको खेलमा जित निकाल्दै शीर्षस्थानलाई कायमै राख्न चाहन्छ ।

उता एपीएफ पनि झापालाई घरेलु मैदानमा हार चखाउँदै एन्फा कपमा व्यहोरेको पराजय भुल्न चाहन्छ । एन्फा कपको सेमीफाईनलमा झापा ११ ले एपीएफलाई ३–० को फराकिलो गोलअन्तरले पाखा लगाएको थियो ।

झापाका तर्फबाट कप्तान प्रवेश कटुवालसँगै विशाल राई ‘ए’, दिनेश कार्की, योगेश गुरुङ लगायतका खेलाडी हेर्न लायकका हुनेछन् भने शसस्त्रका लागि गणेश लावती, अञ्जन विष्ट लगायतका खेलाडी मैदानमा देखिनेछन् ।

‘एपीएफ पनि धेरै राम्रो छ, कम आँक्न मिल्दैन,’ मंगलबार साँझ रंगशालामा आयोजित प्रि म्याच कन्फरेन्समा झापाका प्रशिक्षक भगिरथ आले मामाले भने– ‘हामीलाई शीर्ष स्थान कायम गर्न जित आवश्यक छ ।’ अघिल्ला खेलमा दुईवटा पहेंलो कार्ड पाएकाले झापाका लागि बुधबारको खेलमा स्ट्राईकर कर्ण लिम्बूले खेल्ने छैनन् । कर्णको आवश्यकता खड्किएपनि उनको स्थानमा खेल्ने भरपर्दो खेलाडी रहेको मामाले प्रतिक्रिया दिए । कर्णको स्थानमा एपीएफसँग अफ्रिकन खेलाडी महम्मद अब्बास इदिले स्ट्राइकरको जिम्मेवारी सम्हाल्नेछन् । एपीएफका प्रशिक्षक कृष्ण थापाको प्रशंसा गर्दै मामाले भने– ‘उहाँले सम्हालेको टोलीलाई म सहज मान्दिनँ । एपीएफसँगको खेलमा हामीलाई सदाभन्दा बढी मेहनत चाहिन्छ ।’

उता एपीएफका प्रशिक्षक थापाले डोमालाल खेलमैदानको तारिफ गरे । ‘ग्राउण्डको वातावरण राम्रो छ,’– प्रशिक्षक थापाले भने– ‘हाम्रो स्ट्राईकर रञ्जन विष्टले खेल्दैन, झापाको कर्णले खेल्दैन । त्यसैले टिम पनि बराबर छ ।’ कर्ण नहुँदा आफूहरुको आत्मबल बढेको प्रशिक्षक थापाले बताए । ‘टेक्निकल्ली झापाको टिम स्पिड छ’– उनले भने । झापासँग जित्नैपर्ने चुनौति रहेपनि जित निकाल्न सकेमा आफूहरुको लागि ‘टर्निङ प्वाईण्ट’ हुने उनले बताए ।
एपीएफका तर्फबाट स्ट्राईकर रञ्जन विष्टका स्थानमा उनकै भाई अञ्जन विष्टले खेल्ने थापाले जानकारी दिए । उद्दपि रञ्जनको अभाव खड्किने उनले स्पष्ट पारे ।
एपीएफ र झापाबीचको खेल बुधबार दिउँसो ३ बजेबाट बिर्ताबजारस्थित डोमालाल रंगशालामा हुँदैछ ।

फोटोः प्रि म्याच कन्फरेन्समा झापा ११ का प्रशिक्षक भगिरथ आले मामा, झापा जिल्ला फुटबल संघका अध्यक्ष जलकुमार गुरुङ लगायत ।

प्रतिक्रिया