महसुल नबुझाउने ग्राहकलाई कारबाही सुरु
गाईघाट (उदयपुर), ८ वैशाख । विद्युत् प्राधिकरण कार्यालयले लामो समयदेखि विद्युत् महसुल नबुझाउने ग्राहकलाई कारबाही सुरु गरेको छ ।
यसरी कारबाहीमा पर्नेमा आधा दर्जनभन्दा बढी सरकारी कार्यालय र अन्य ग्राहक रहेका छन् । प्राधिकरण कार्यालयका अनुसार महसुल नबुझाउने ग्राहकलाई दुई चरणको कारबाही प्रक्रिया सुरु गरिएको छ । पहिलो चरणमा महसुल नतिर्नेलाई कालो सूचीमा राख्ने तथा दोस्रो चरणमा महसुल नतिर्ने ग्राहकको विद्युत् लाइन काट्ने काम सुरु भएको कार्यालय प्रमुख अवधेशकुमार दुबेले बताउनुभयो ।
“महसुुल नबुझाउने ८० भन्दा बढी ग्राहकलाई कालो सूचीमा राखेर सूचना टाँस गर्ने काम भएको छ” उहाँले भन्नुभयो । डेढ दर्जनभन्दा बढी ग्राहकको विद्युत् लाइन काटिसकिएको उहाँले बताउनुभयो ।
ग्राहक र सरकारी कार्यालयले कम्तीमा रु बीस हजारदेखि रु एक लाखसम्म बिद्युत् महसुल तिर्न बाँकी कार्यालयले जनाएको छ ।
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा
एनआरएनए एनसीसी अमेरिकाको ११ औं साधारणसभा सुरु, आज ज्ञान सम्मेलन
प्रतिक्रिया