बेलायती महारानीलाई राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना
इनेप्लिज
२०७२ वैशाख ८ गते ९:०६ मा प्रकाशित
काठमाडौँ, ८ वैशाख । राष्ट्रपति डा रामवरण यादवले संयुक्त अधिराज्य तथा उत्तरी आयरल्यान्डका महारानी एलिजाबेथ द्वितीयालाई एक सन्देश पठाई उहाँको व्यक्तिगत सुख र सुस्वास्थ्यको कामना गर्नुभएको छ ।
महारानीको शुभजन्मोत्सवको सुखद उपलक्ष्यमा राष्ट्रपति डा यादवले बेलायती जनताको प्रगति र समृद्धिको पनि कामना गर्नुभएको छ ।
त्यसैगरी, प्रधानमन्त्री सुशील कोइरालाले नेपाल सरकार र नेपाली जनताका तर्फबाट बेलायती महारानीको सुख र सुस्वास्थ्यको कामना गर्दै प्रधानमन्त्री डेविड क्यामरनलाई एक शुभकामना सन्देश पठाउनुभएको छ ।
शुभकामना सन्देशमा प्रधानमन्त्री कोइरालाले दुई मुलुक र जनताबीच लामो समयदेखि रहिआएको सौहार्द र मैत्रीपूर्ण सम्बन्ध आगामी दिन अरु प्रगाढ हुने विश्वास पनि व्यक्त गर्नुभएको छ ।
एनआरएनएमा सुवेदीको उम्मेदवारी
एसियन अमेरिकन माथि आक्रमण भएको बिरोधमा न्यूयोर्कमा जुलुस प्रदर्शन
डिसीमा प्रहरीहरुलाई हतियार सहित आक्रमण गर्न आउने आक्रमणकारीलाई गोली प्रहार
अमेरिकाज क्षेत्रका संयोजक त्रिपाठीले प्रमाणित नभएका २०९३ मतदाता सम्बन्धि अन्तिम प्रतिबेदन आइसीसीमा बुझाए
लेडी गागाका हिंसात्मक अपहरणमा परेका दुई कुकुर सकुसल र सुरक्षित रुपमा प्राप्त
प्रतिक्रिया