सासू, ससुरा र श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु
चरिकोट, ८ वैशाख । दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–१३ लामाटोल निवासी ३२ वर्षीया लक्ष्मी तामाङको आज विहान कुटपिटका कारण मृत्यु भएको छ ।
आफ्नै सासू, ससुरा र श्रीमान्को कुटपिटका कारण लक्ष्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयको प्रारम्भिक अनुसन्धानले जनाएको छ ।
आइतबार बेलुकी लक्ष्मी श्रीमान् हरि तामाङ, सासू सुन्तली लामा र ससुरा कार्साङ तामाङको कुटाइबाट सख्त घाइते बनेपछि साधारण उपचारका लागि जिल्लास्थित च्छो–रोल्पा जनरल अस्पतालमा उपचार हुन नसकेपछि उनलाई अस्पतालले वीर अस्पताल, काठमाडौँमा रिफर गरेको थियो ।
वीर अस्पतालमा उनको उपचार हुन नसकेपछि आज बिहान पौने ४ बजे मृत्यु भएको थियो । उनको शरीरका विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक जीवन लामाले बताउनुभयो ।
लक्ष्मीको ६ वर्षीय छोरासमेत रहेको छ । घरमा आफ्नो पक्षका कोही नभइदिँदा र माइती पक्षले ढिला थाहा पाउँदा समयमै उपचार हुन नसकी उनको मृत्यु भएको स्थानीयले बताएका छन् ।
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा
एनआरएनए एनसीसी अमेरिकाको ११ औं साधारणसभा सुरु, आज ज्ञान सम्मेलन
प्रतिक्रिया