नेपाली राजनीति र नेपालकै भविष्य तीन ठूला पार्टीको प्रमुख नेताहरुको बिबेकमा मात्र !
नेपाली समाज टेक्सासको आयोजनामा हिजो अप्रिल १९ तारिख आइतवारका दिन दिउसो ३:०० वजे नेपालका हालका बार अशोसिअसनका केन्द्रीय कोषाध्यक्ष Advocate श्री मोहन इङ्गनाम संग अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो। संसार भरिका कानून ब्यबसायीहरुको अमेरिकामा भएको सम्मेलनमा सहभागी हुन् आउनु भएको इङ्ग्नाम टेक्सासको ड्यालस निजि भ्रमणका सिलशिलामा आउनु भएको बेला परेर स्थानीय नेपाली समाजले कार्यक्रम को आयोजना गरेको हो। कार्यक्रममा श्री इङ्गनाम हामी अमेरिकामा बसीरहेका नेपालीहरुलाइ नेपालमा बन्न लागेको संविधान तथा अहिलेको परिस्थितिको वारेमा नेपाली राजनीतिको कानुनी समाधान को सम्बन्धमा आफ्नो विचार राख्नु भएको थियो।
कार्यक्रममा अर्का अतिथि नेपाल सरकारका पूर्ब मन्त्री कमल चौलागाई संग पनि अन्तरक्रिया गरिएको थियो। पूर्ब मन्त्री चौलागाई ले नेपाली राजनीतिमा बाहिर नआएका केही तथ्यहरुको जानकारी गराउदा सहभागीहरुले निकै चासो पुर्बक जिज्ञासा राखेका थिए। पूर्ब मन्त्री चौलागाई ले यतिखेर को नेपाली राजनीति र नेपालकै भविष्य तीन ठूला पार्टीको प्रमुख नेताहरुको बिबेकमा मात्र रहेको बताउनु भएको थियो।
कार्यक्रम को संचालन नेपाली समाजका महासचिब विजयराज भट्टराई ले गर्नु भएको थियो भने कार्यक्रममा समाजका निबर्तमान अध्यक्ष डा प्रेम अधिकारी, च्याम्बर ऑफ़ कमर्स डालस का संयोजक बाशु भण्डारी, प्रा प्रभात दिक्षित लगायत ले आ-आफ्नो विचार राख्नु भएको थियो। झन्डै ५० सहभागी बीच सम्पन्न उक्त कार्यक्रम झन्डै ९० मिनेट चलेको थियो।
‘ललिता निवास प्रकरणमा राष्ट्रपति विद्या भण्डारीमाथि पनि अभियोग’
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
जसलाई लाज लाग्नुपर्थ्यो, ऊ त वेसरम वन्यो
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
धेरैले मन पराएको गीत “पिपलु “
डेमोक्र्याटिक दलका सांसद र सिनेटरहरुले सर्वोच्च अदालतमा १३ जना न्यायाधिश हुने पर्ने बिधेयक प्रस्ताव गर्ने योजना
अमेरिकामा कोरोना संक्रमित ११ प्रतिसत र अस्पताल भर्नामा हुनेको संख्या ८ प्रतिसतको वृद्धि
भेटघाट, छलफल तथा अन्तरकृया कार्यक्रममा सहभागी भई दिनु हुन अनुरोध
मिनेसोटामा डन्ट राइटलाई गोली हान्ने महिला प्रहरीलाई दोश्रो दर्जाको मानवहत्याको अभियोग
प्रतिक्रिया