अर्घाखाँचीमा पाँच प्रजातिका गिद्ध

इनेप्लिज २०७२ वैशाख ८ गते २:१८ मा प्रकाशित

giddhaअर्घाखाँची, ८ वैशाख । प्रकृतिको कुचिकार मानिने गिद्धका पाँच प्रजाति अर्घाखाँचीमा पाइने गरेको छ । हिमाल तथा तराईमा पाइने गिद्धसमेत जिल्लाका विभिन्न स्थानमा पाइने भएकाले गिद्ध संरक्षणका लागि सबै एक हुनुपर्नेमा जोड दिइएको छ ।

अर्घाखाँचीको सन्धिखर्कमा गिद्ध संरक्षणका लागि सरोकारवाला स्तरीय अन्तरक्रिया कार्यक्रममा सो जानकारी गराइएको हो । जिल्लाको अर्घाका सामुदायिक वन, खन, मखात, घेराको भिर, ढाकाबाङ्ग लगायतका स्थानमा पाँच थरी गिद्ध पाइने गरेको गिद्ध संरक्षण अभिायनका विज्ञ कृष्णप्रसाद भुसालले बताउनुभयो ।

उहाँले डङ्गर, सुन, गोब्रे, हिमाली र हाडफोर गिद्ध गरी पाँच प्रकारका गिद्ध पाइने जानकारी दिनुभयो । गर्ता खहरे, खहरे खोला गर्लाम सामुदायिक वन अर्घाको आयोजना र नेपाल पक्षी संरक्षण सङ्घ काठमाडाँैको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गिद्धको बासस्थान, जिल्लामा पाइने गिद्धको अवस्था लगायतका विषयमा केन्द्रका विज्ञ भुसाल, अधिकृत खडानन्द पौडेल, जिल्ला पशुसेवा कार्यालय अर्घाखाँचीका प्रमुख रामनारायण मण्डललगायतले जानकारी दिनु भएको थियो ।

प्रतिक्रिया