आइपीएलमा मुम्बई र राजस्थान रोयल्सको शानदार जित
काठमाडौं, ७ वैशाख । इन्डियन प्रियिमर लिग (आइपीएल) ट्वेन्टी–२० क्रिकेटअन्तर्गत आइतबारका खेलहरुमा राजस्थान रोयल्स र मुम्बई इन्डियन्स विजयी भएका छन् ।
जारी सिजनमा पहिलो जित हात पारेको मुम्बईले रोयल च्यालेन्जर्स बैंग्लोरलाई १८ रनले हरायो । खेलमा पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ९ रन बनायो । मुम्बईका लागि लेन्डल सिमोन्सले ५९ रन तथा उन्मुक्त चन्दले ५८ रन जोडे ।
जवाफमा २ सय १० रनको विशाल लक्ष्य पछ्याएको बैंग्लोरले १ सय ९७ रन मात्रै बनाउन सक्यो । बैंग्लोरका लागि डेभिड वाईजले अविजित ४७ रन तथा एबी डे भिलायर्सले ४१ रन जोडे । जितसँगै मुम्बई इन्डियन्सले लगातार हारको श्रृंखला तोड्दै अंक तालिकामा खाता खोलेको छ ।
आइतबारै भएको अर्को खेलमा चेन्नई सुपर किंग्समाथि ८ विकेटको शानदार जित हासिल गर्दै राजस्थान रोयल्सले अपराजित यात्रालाई कायमै राखेको हो ।
राजस्थानको ५ खेलबाट १० अंक भएको छ भने ४ खेलबाट ६ अंकको चेन्नई दोस्रो स्थानमा छ । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले ४ विकेट गुमाउँदै एक सय ५६ रन बनायो ।
पाँचौं विकेटका लागि अविजित ९१ रनको साझेदारी गर्ने क्रममा ड्वेन ब्राभोले ६२ तथा महेन्द्र सिंह धोनीले ३१ रन जोडे ।
जवाफमा राजस्थानले १८ ओभर २ बलमा २ विकेट गुमाएर विजय हासिल गर्यो । पहिलो विकेटका लागि १ सय ४४ रनको साझेदारी गर्नेक्रममा सेन वाट्सनले ४७ बलमा ७३ तथा अजिन्क्या रहानेले अविजित रहँदै ५५ बलमा ७६ रन जोडे । तस्वीरः एजेन्सी
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा
एनआरएनए एनसीसी अमेरिकाको ११ औं साधारणसभा सुरु, आज ज्ञान सम्मेलन
प्रतिक्रिया