बिहीबार, मंसिर ११ २०७७
काठमाडौं १५:५५
वासिङटन डिसी 05:10

संविधान निर्माण प्रक्रिया सहमतिमै अगाडि बढ्छ: उपसभापति पौडेल

इनेप्लिज २०७२ वैशाख ७ गते १२:२८ मा प्रकाशित

ramchandra-paudelदमौली, ७ वैशाख । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधान निर्माण प्रक्रिया सहमतिमै अगाडि बढ्ने बताउनुभएको छ ।

नेपाल विद्यार्थी सङ्घ आदिकवि भानुभक्त क्याम्पस इकाइद्वारा आज दमौलीमा आयोजित शुभकामना आदान प्रदान एवम् सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै उहाँले संविधान निर्माण प्रक्रिया सहमतिमै निर्माण हुने सम्भावना बढेर गएको दाबी गर्नुभयो ।

आज बिहानमात्रै एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालसँग टेलिफोनमा कुरा हुँदा माओवादी लचकता अपनाएर अगाडि बढ्न चाहेको बताएको स्मरण गर्दै उहाँले संविधान अब सहमतिमै बन्ने स्पष्ट पार्नुभयो ।

एक फरक प्रसङ्गमा आगामी भदौमा हुने पार्टीको १३ औँँ महाधिवेशनबाट पार्टीभित्र हुँदै आएको भागबन्डाको राजनीतिको अन्त्य हुने दाबीसमेत गर्नुभयो ।

सभासद् धु्रव वाग्लेले संविधान निर्माण कार्यमा अब ढिलाई गर्न नहुने बताउँदै सहमतिमा नभए प्रक्रियाबाटै भए पनि संविधान निर्माण कार्य अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

आजै उपसभापति पौडेलले व्यास–९ पोख्रेल फाँटस्थित गोवर्धन शर्माको जन्म शताब्दीका अवसरमा उहाँको तस्विरमा माल्यार्पण गर्दै स्व पोख्रेलले पु¥याउनुभएको योगदानबारे चर्चा गर्नुभयो ।

 

प्रतिक्रिया