जाजरकोटमा फैलिएको स्वाइन फ्लुबारे सरकार सचेत छ: मन्त्री अधिकारी
काठमाडौँ, ७ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले जाजरकोटमा फैलिएको स्वाइन फ्लुबारे सरकार पूर्ण सचेत रहेको बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री अधिकारीले जाजरकोट र त्यस वरपर फैलिएको स्वाइन फ्लुलाई नियन्त्रणमा लिन सरकारले आवश्यक सङ्ख्यामा चिकित्सक खटाएकोे जानकारी दिनुभयो ।
उहाँले जिल्लाका अछामी, जगा, थापाचौर, सीमालगायतको ठाउँमा नेपाली सेना, जनपथ, सशस्त्र प्रहरीलगायतको चिकित्सक टोली पुगेर काम थालिसकेको पनि जानकारी दिनुभयो ।
बिरामी भएको ठाउँमा चिकित्सकसँग भेटिएका बिरामीले मृत्युवरण गर्न नपरेको उहाँको भनाइ थियो ।
उहाँले उपचारका लागि जाजरकोट र मध्यपश्चिमका विभिन्न क्षेत्रमा रकमसमेत विनियोजन गरेको र जाजरकोट, रुकुम, सुर्खेत, दैलेख, जुम्लालगायतका जिल्लामा जनस्वास्थ्य कार्यालयमार्फत काम अगाडि बढाइएको बताउनुभयो ।
उहाँका अनुसार ती जिल्लामा काम गर्ने चिकित्सकलाई २४ घन्टाभित्र जिल्ला फर्कन यसअघि नै आग्रह गरी सकिएको छ ।
बिरामीको छिटो उपचार होस् भन्नका लागि सुर्खेतसम्म हेलिकप्टरको व्यवस्था गर्न लागेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म जाजरकोटमा मरेकामध्ये २५ प्रतिशत स्वाइन फ्लुबाट सङ्क्रमित रहेको बताइएको छ ।
उत्तर क्यारोलाइनाकी एक महिलाले कोरोना सहायता ऋणबाट गरगहना,हिरा र महङ्गा समान खरिद गर्दा अदालतमा
डिसीकी नगर प्रमुख म्युरिएल बाउजरकी दिदीको कोरोनाको जटिलताबाट निधन,मर्मस्पर्शी वक्तब्य
द्रुतगतिमा गाडी चलाएका टाइगर वुड्सको खुट्टामा फलामे डन्डी राखियो,वुडको स्वास्थ्यमा सुधार
जोन्सन एण्ड जोन्सनको कोभिड-१९ बिरुद्ध एकल खोपले गम्भीर कोरोनाको रोकथाम हुने : एफडिए
टाइगर वुडले द्रुतगतिमा गाडी चलाउदा दुर्घटना हुँदा बालबाल बचे ,दुवै खुट्टामा गम्भीर चोटपटक
प्रतिक्रिया