वैशाख १० गतेपछि नयाँ परिस्थिति निर्माण हुन्छ: प्रवक्ता बडू
भीमदत्तनगर, ७ वैशाख । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पार्टी प्रवक्ता दीलेन्द्र बडूले संविधान निर्माण प्रक्रिया आजदेखि सकारात्मक ढङ्गले अघि बढेको बताउनुभएको छ ।
आज बिहान नेपाली काँग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा माओवादीबीच भएको सहमतिले वैशाख १० गतेपछि नयाँ परिस्थितिको निर्माण हुने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो ।
नेपाल विद्यार्थी सङ्घ कञ्चनपुरले आज बिहान कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा प्रवक्ता बडूले नेपाली काँग्रेस सबैको सहमति र सहकार्यमा नयाँ संविधान निर्माण गर्ने पक्षमा रहेको बताउनुभयो ।
संविधान निर्माणका क्रममा देखिएको मुख्य विवादित विषय सङ्घीयतामा पनि दलहरुबीच छ प्रदेश बनाउने सहमति भइसकेको जानकारी पनि उहाँले दिनुभयो ।
जनतामा अझै पनि संविधान नबन्ने त्रास रहेको बताउँदै नेता बडूले २०७२ सालभित्र नयाँ संविधान जारी हुने दाबीसमेत गर्नुभयो ।
बाइडेनको १.९ खर्ब डलरको कोरोना राहत सिनेटद्वारा पारित
रक्तदानलाई एनआरएन अभियानसँग जोड्ने मेरो सपना छ : प्रेम श्रेष्ठ
ट्रम्पले बिदेश विभागमा नियुक्त गरेका एक कर्मचारीले सदनमा बिद्रोह गर्दा प्रहरीलाई आक्रमण गरेकोमा ६ वटा अभियोग
टेक्ससमा प्राकृतिक वाष्प बिस्फोट हुँदा कम्तिमा ६ जना अस्पताल भर्ना
डिसीमा कूल ५ जना महिला तथा पुरुषलाई गोली प्रहार,संदिग्धको ब्यापक खोजी
प्रतिक्रिया