तीन दल बैठकःसंविधानका विवादित विषय मिलाउने जिम्मा शीर्षनेतालाई
काठमाडौँ, ७ वैशाख । प्रमुख तीन दलले संविधान निर्माणमा सहमति भएका विषयलाई प्रक्रियामा अघि बढाउने र नमिलेका विषयमा सहमति जुटाउने जिम्मा शीर्षनेतालाई दिने निर्णय गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेपाली काँग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी)का शीर्षनेताको बैठकले यही वैशाख १० गते बस्ने संविधानसभाको बैठकसम्म सहमति जुटाउने गरी सो निर्णय गरेको हो ।
बैठकमा गत माघ ५ गते भएको सहमतिलाई संविधान निर्माणको प्रक्रियामा अघि बढाउने र नमिलेका विषयमा सहमति जुटाउन शीर्षनेतालाई जिम्मा दिने निर्णय भएको काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सञ्चारकर्मीलाई जानकारी गराउनुभयो ।
बैठकले नमिलेका विषयमा सहमति जुटाउन तीन दलका शीर्षनेतालाई जिम्मेवारी दिई एक÷दुई दिनभित्र सहमति जुटाउने निर्णय गरेको छ भने काँग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री सुशील कोइराला आज इन्डोनेसिया जाने भएपछि उहाँले उक्त कार्यका लागि एकजना नेतालाई त्यसको जिम्मेवारी दिने सहमतिसमेत भएको छ ।
संविधान निर्माण कार्यलाई अघि बढाउने गरी आजको बैठकमा एमाओवादी गत माघ ५ गते मोटामोटी सहमति भएका तीन बुँदालाई मूर्तरुप दिने र चौथो बुँदामा लामो समय नअलमलिई टुङ्गो लगाउने विषयमा सहमत भएको एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताउनुभयो ।
उपाध्यक्ष श्रेष्ठका अनुसार बैठकमा सत्यनिरुपण तथा मेलमिलाप आयोगका सम्बन्धमा सर्वाेच्च अदालतले गरेको निर्णयको सरकारले पुनरावलोकन गर्ने समझदारी पनि भएको छ ।
सहमति भएका विषयलाई प्रक्रियाका रुपमा संविधानसभाको आगामी बैठकमा अघि बढाउने र नमिलेका विषयमा छलफल गर्दै जाने निर्णय भएको एमालेका प्रमुख सचेतक अग्नि खरेलले बताउनुभयो ।
संविधान निर्माण प्रक्रियालाई अघि बढाउने सम्बन्धमा प्रमुख दलबीच सैद्धान्तिक सहमति भएको बताउँदै प्रमुख सचेतक खरेलले वैशाख १० गतेसम्म केही सकारात्मक परिणाम आउने आशा व्यक्त गर्नुभयो ।
प्रमुख दलहरुबीच गत माघ ५ गते संविधानका विवादित विषयमध्ये न्याय प्रणाली, निर्वाचन प्रणाली र शासकीय स्वरुपमा मोटामोटी सहमति भएको थियो भने राज्यको पुनः संरचनामा मात्र कुरा नमिलेर बनेको सहमतिसमेत भङ्ग भएको थियो ।
बाइडेनले टेक्ससको गभर्नरले मुखावरण हटाउने निर्णयलाई ‘पुरातनपंथी सोच’ किन भने ?
न्याकले आइतबार महिला दिवस मनाउने
नेपाली कांग्रेसका ऐतिहासिक योद्धा संग अन्तरक्रिया कार्यालयमा
अमेरिकामा १ करोड २० लाख कोरोनाबाट मुक्त, ७ करोड ८६ लाखले खोप लगाए
एनसीसिओको साधारण सभा भव्यताका साथ सम्पन्न, निजानन्द मल्ल दोश्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित
प्रतिक्रिया