बिहीबार, वैशाख २३ २०७८
काठमाडौं १०:०९
वासिङटन डिसी 00:24

गोब्रे च्याउ खाँदा एकै परिवारका नौ बिरामी

इनेप्लिज २०७२ वैशाख ७ गते ४:२९ मा प्रकाशित

musrumविराटनगर, ७ वैशाख । मोरङमा विषालु च्याउ खाँदा आइतबार बेलुकी एकै परिवारका नौ सदस्य बिरामी भएका छन् ।

मधुमल्ला–६ बस्ने लक्ष्मीकुमार श्रेष्ठका परिवार दुई वर्षीया बालिका र तीन महिलासहित नौजना बिरामी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । छिमेकी चित्रबहादुर पोखरेलको खेतमा उम्रिएका गोब्रे च्याउ पकाएर खाएपछि गम्भीर बिरामी भए पछि उहाँहरु झापाको दमकस्थित लाइफलाइन अस्पतालमा भर्ना भएका हुन् । उहाँहरुको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ ।

प्रतिक्रिया