गाउँलेले आफ्नै लगानीमा बनाए बाटो
वीरगन्ज (पर्सा), ७ वैशाख । पर्सा जिल्लाको ठोरी गाविसका स्थानीयवासीले आफ्नै लगानीमा डेढ किलोमिटर सडक निर्माण गरेका छन् ।
सो गाविस–२ दीपकनगरको कुँवर टोलदेखि वडा नम्बर १ भगवान् नगर चोकसम्म डेढ किलोमिटर लम्बाइ र चार मिटर चौडाइको नयाँ ट्र्याक खोलेर सडकमा ग्राभेल गरिएको हो ।
यस्तै, तीनवटा पक्की कल्भर्ट पनि निर्माण गरिएको सडक निर्माण समितिका अध्यक्ष टकबहादुर थापाले जानकारी दिनुभयो । सडक निर्माण कार्यमा दुई लाख ३९ हजार ३०५ रुपैयाँ खर्च भएको उहाँले बताउनुभयो ।
दीपकनगरको कुँवर टोलदेखि भगवान् नगर जानका लागि सिधा बाटो नभएकाले स्थानीयवासीले आफ्नै सक्रियता र लगानीमा सडक निर्माण गरेका हुन् । सडक निर्माण भएपछि मुख्य सडकसँग सिधा सम्पर्क जोडिएको र यातायातका सवारी साधन पनि टोलमा आउजाउ गर्न सहज भएको स्थानीयवासीले बताएका छन् । सडक निर्माणपछि स्थानीयवासी हर्षित भएको समितिका अध्यक्ष थापाले बताउनुभयो ।
टेक्ससका उदियमान र्याप कलाकारको जर्जियाको राजमार्गमा गोलीवारीमा मृत्यु
डिसीका १३ बर्षिय किशोरलाई जबर्जस्ती अर्काको गाडी लुट्ने पाइएकोमा पक्राउ
महिला हिंसा,समस्या र चुनौतीको मात्र कुरा हैन,समाधानको बाटोहरु खोजौ
बाइडेनको १.९ खर्ब डलरको कोरोना राहत सिनेटद्वारा पारित
रक्तदानलाई एनआरएन अभियानसँग जोड्ने मेरो सपना छ : प्रेम श्रेष्ठ
प्रतिक्रिया