चाडै सहमति जुटेर संविधान बन्छ: नेता कार्की
इनेप्लिज
२०७२ वैशाख ६ गते १५:२६ मा प्रकाशित
धनकुटा, ६ वैशाख । एकीकृत नेकपा (माओवादी)का पोलिटब्युरो सदस्य राम कार्कीले अब चाँडै सहमति जुटेर संविधान निर्माण हुने बताउनुभएको छ ।
धनकुटामा आज सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले एमाओवादीले पनि सत्तापक्षलाई तर्साउन मात्र आन्दोलनको धम्की दिएको स्वीकार गर्नुभयो ।
सत्ता पक्षले पनि बहुमतीय प्रक्रियाको धम्की मात्र देखाएको भन्दै नेता कार्कीले अब चाँडै दुवै पक्ष लचिलो भएर सहमतिमा आई संविधान निर्माण हुने बताउनुभयो । दलहरुबीच संविधानका धेरै अन्तरवस्तुमा सहमति जुटिसकेको उहाँको भनाइ थियो ।
नेता कार्कीले जतिसक्दो चाँडो संविधान निर्माणका लागि जन दबाबको खाँचो औँल्याउनुभयो ।
बाइडेनले टेक्ससको गभर्नरले मुखावरण हटाउने निर्णयलाई ‘पुरातनपंथी सोच’ किन भने ?
न्याकले आइतबार महिला दिवस मनाउने
नेपाली कांग्रेसका ऐतिहासिक योद्धा संग अन्तरक्रिया कार्यालयमा
अमेरिकामा १ करोड २० लाख कोरोनाबाट मुक्त, ७ करोड ८६ लाखले खोप लगाए
एनसीसिओको साधारण सभा भव्यताका साथ सम्पन्न, निजानन्द मल्ल दोश्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित
प्रतिक्रिया