सशस्त्र प्रहरीद्वारा अवैध सामान बरामद
बनियानी (झापा), ६ वैशाख । सशस्त्र प्रहरी सीमा सुरक्षा बल झापाले हरिणको मासुसहित भरुवा बन्दुकलगायत झापाका विभिन्न स्थानबाट करिब रु तीन लाख ७३ हजार ४०० बराबरको अवैध सामान तथा तस्करीमा प्रयोग भएका दुई मोटरसाइकल बरामद गरी मेची भन्सार कार्यालय काँकडभिट्टालाई बुझाएको छ ।
सशस्त्रको गस्ती टोलीले गए राति भद्रपुरस्थित मेची बगरमा गाडिएको अवस्थामा रु एक लाख ७१ हजारको १९० थान कुर्ता सरुवाल, महेशपुर तथा वनियानी क्षेत्रबाट को३प ९०८३ र को३प १०८३ नक्कली नम्बर भएको मोटरसाइकलमा ल्याउँदै गरेको रु ४४ हजारको ८८८ थान ब्लाउजको कपडासहित मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल भद्रपुरले जनाएको छ ।
यसैगरी घेराबारी सशस्त्र प्रहरीले मे३प २०२५नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको रु एक लाख १८ हजारको ३९ थान कुर्ता सरुवाल, जरर्ती भरेको साडी १३ थानसहित मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक प्रेमराज पोखरेलले बताउनुभयो ।
त्यस्तै, गस्ती टोलीले खुदुनावारी जङ्गलबाट एक भरुवा बन्दुकसहित हरिणको सिङ, छाला गरी आठ किलो मासुसमेत बरामद गरेको बताएको छ ।
सबै सामग्रीलाई सशस्त्र प्रहरीले आज कार्यालयमा पत्रकार समेलन गर्दै सार्वजानिक गरेको हो । बरामद समग्रीमध्ये बन्दुक जिल्ला प्रहरी कार्यालय, मासु वन कार्यालय र बाँकी मेची भन्सार बुझाइने प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो ।
‘ललिता निवास प्रकरणमा राष्ट्रपति विद्या भण्डारीमाथि पनि अभियोग’
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
जसलाई लाज लाग्नुपर्थ्यो, ऊ त वेसरम वन्यो
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
फ़ाइजरको तेश्रो खोप १२ महिना भित्र लगाउनु पर्ने संभाव्यता : प्रमुख कार्यकारी अधिकारी
धेरैले मन पराएको गीत “पिपलु “
डेमोक्र्याटिक दलका सांसद र सिनेटरहरुले सर्वोच्च अदालतमा १३ जना न्यायाधिश हुने पर्ने बिधेयक प्रस्ताव गर्ने योजना
अमेरिकामा कोरोना संक्रमित ११ प्रतिसत र अस्पताल भर्नामा हुनेको संख्या ८ प्रतिसतको वृद्धि
भेटघाट, छलफल तथा अन्तरकृया कार्यक्रममा सहभागी भई दिनु हुन अनुरोध
प्रतिक्रिया