राष्ट्रिय नाट्य महोत्सव–२०७२ सुरु
काठमाडौँ, ६ वैशाख । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा आजदेखि यहाँ ‘राष्ट्रिय नाट्य महोत्सव–२०७२’ सुरु भएको छ ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा मङ्गलबारसम्म चल्ने महोत्सवको उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले आज एक समारोहबीच उद्घाटन गर्नुभयो ।
महोत्सवमा विभिन्न भाषा, जातिका सात नाटक प्रदर्शन हुने र दर्शकले निःशुल्क नाटक हेर्न पाउने आयोजकले जानकारी दिएका छन् ।
महोत्सवअन्तर्गत आजको उद्घाटन समारोहमा नारायणी कला मन्दिर, चितवनको प्रस्तुति ‘सकस’ प्रदर्शन गरियो भने दोस्रो नाटक झोराहाट नाट्य समूह मोरङको ‘धुपेनको धुइयाँ’ प्रदर्शन गरियो ।
सोमबार चेतना नाट्य समूह, इलामको ‘पाथिभरा देवीको उत्पत्ति’, तरङ्ग साँस्कृतिक परिषद् हेटौँडाको ‘मान्छे बन्ने रहर’, र सुम्निमा थिएटर एकेडेमी, ललितपुरको ‘सुम्निमा’ तथा मङ्गलबार आरोहण विराटनगरको ‘आब कोना चलब’ र मिथिला नाट्यकला परिषद् जनकपुरको ‘छुताहा घैल’ प्रदर्शन गरिनेछ ।
उद्घाटन समारोहमा उपप्रधानमन्त्री गौतमले आफूपनि नाटक, चलचित्र र सङ्गीतको सौखिन भएको बताउँदै महोत्सव सफलताको कामना गर्नुभयो । आफू नाटक, चलचित्र हेर्दा घटनाअनुसार हाँस्ने र रुने गरेको खुलासा गर्दै उहाँले आफू कोमल मनको व्यक्ति भएको बताउनुभयो ।
गीतकारका रुपमा केही गीत लेखेपनि सो कार्यलाई निरन्तरता दिँदै साधनामा लागिरहन नसकेकाप्रति उहाँले दुःख व्यक्त गर्नुभयो ।
प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठले महोत्सवले नाट्यकर्र्मीलाई राष्ट्रिय नाटकको मूल प्रवाहमा प्रवाहित हुन र नाट्यकर्ममा गाम्भीर्यतापूर्वक लाग्न हौशला र पे्ररणा दिने आशा व्यक्त गर्नुभयो ।
टेक्सस ड्यालसका प्रहरी अधिकारीको निर्देशनमा दुई जनाको हत्या गरिएकोमा प्रकाउ
भर्जिनियामा कोभिड-१९ बाट १० बर्ष मुनिका बच्चाको पहिलो पटक मृत्यु
गभर्नरहरुले टेक्सस र मिसिसिपीमा मुखावरण नलगाउनु पर्ने घोषणा गरेता पनि ठूला व्यवसायले त्यसको पालना गर्ने
वाशिंगटन डिसीमा मिलिशिया समूहको ‘सम्भावित षड्यन्त्र’ पत्ता लागे पछि सुरक्षा कडा
मेरिल्याण्डका पूर्व प्रहरी प्रमुखलाई शृंखलाबद्ध रुपमा दर्जनौ घरमा आगजानी लगाएको आरोपमा पक्राउ
प्रतिक्रिया