शनिबार, मंसिर २० २०७७
काठमाडौं २०:५४
वासिङटन डिसी 10:09

इलाममा मङ्गलबारे अन्तर्राष्ट्रिय गोल्डकपमा झापा विजयी

इनेप्लिज २०७२ वैशाख ६ गते १५:०४ मा प्रकाशित

footballइलाम, ६ वैशाख । इलामको देउमाई नगरपालिकास्थित मङ्गलबारेमा जारी ‘लण्डन आइस मङ्गलबारे अन्तर्राष्ट्रिय गोल्डकप’ को आज सम्पन्न खेलमा विर्तामोड फुटबल क्लब झापा विजयी भएको छ ।

आयोजक त्रिवेणी युथ क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै झापा अघिल्लो चरणमा प्रवेश गरेको छ ।

खेल सुरु भएको २८औं मिनेटमै झापाका स्ट्राईकर विवेक लिम्बूले गोलको खाता खोलेका थिए । झापाले ४२औं मिनेटमा गोलको अन्तर दोब्बर बनायो । झापाका लागि स्ट्राईकर सनम राईले गोल गरे ।

मध्यान्तर अघिसम्म २–० ले पछि परेको आयोजक त्रिवेणीले मध्यान्तरपछि पनि खेलमा सुधार ल्याउन सकेन । ६०औं मिनेटमा पुनः झापाका विवेक लिम्बूले दोस्रो गोल मात्र गरेनन्, टिमलाई तेब्बरको अग्रता समेत दिलाए ।

आयोजकले ७२औं मिनेटमा १ गोल फर्काउन सफल बन्यो । आयोजकका सुविन्द्र लिम्बूले टिमका तर्फबाट गोल फर्काएका थिए । झापाका पुष्प मादेनले ८१औं मिनेटमा गोल गरी टिमलाई ४–१ को जित सुनिश्चित गराएका थिए ।

त्रिवेणी युथ क्लव र मङ्गलबारे उद्योग वाणिज्य सङ्घले आयोजना गरेको प्रतियोगितामा पूर्वाञ्चलका विभिन्न जिल्लाका भारतको सिक्किम, दार्जिलिङका गरी आठ टिम सहभागी छन् ।

प्रतिक्रिया