नयाँ मोर्चाको गठनको सम्भावना नरहेको गच्छदारको भनाई
विराटनगर, ६ वैशाख । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले दलहरु आ–आफ्ना अडानबाट एक कदम पछाडि हटे दुई सातामै सहमति हुने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानीमा उहाँले सहमतिमै संविधान जारी गराउने दबाब दिने उद्देश्यले नयाँ मोर्चाको आवश्यकता नरहेको प्रष्ट पार्नुभयो ।
३० दलीय मोर्चाभित्रैबाट अर्को मोर्चा गठनको आवाज उठिरहेको पत्रकारहरुको जिज्ञासामा उहाँले अधिकार प्राप्तिका लागि आन्दोलन गर्ने साझा मुद्दामा मात्र दलहरुबीच मोर्चाबन्दी भएकाले कसैले नयाँ मोर्चा बनाउने विषयमा दिएको अभिव्यक्ति प्रतिक्रियात्मकमात्र भएको दाबी गर्नुभयो ।
अध्यक्ष गच्छदारले एनेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा रहेको ३० दलीय मोर्चाको औचित्य समाप्त भएको भन्नु बेतुकको कुरा मात्र भएको स्पष्ट पार्नुभयो ।
मोर्चाको आन्दोलन तुहिएको चर्चाको सम्बन्धमा पत्रकारहरुको जिज्ञासामा उहाँले आन्दोलन तुहिएको नभई सहमतिकालागि स्थगन गरिएको दाबी गर्नुभयो ।
अमेरिकामा १ करोड १ लाख ७५ हजार मानिस कोरोनाबाट मुक्त ,७ करोड ५२ लाखले खोप लगाए
अमेरिकामा जन्मेकी प्राप्तिले अनलाइन मार्फत बालबालिकालाई नेपाली पढ्न र लेख्न सिकाउदै
सिडिसीले मतदान गर्दै जोन्सन एण्ड जोन्सनको खोप अमेरिकामा चलाउन सिफारिस
मेरिल्याण्डमा गोली प्रहारबाट एक जनाको मृत्यु
न्यूयोर्कका गभर्नर कुमो बिरुद्ध लागेको यौन उत्पीडन समीक्षा गर्न स्वतन्त्र वकिल चयन गर्न आग्रह
प्रतिक्रिया