शुल्कवृद्विविरुद्व आन्दोलित कैलालीका विद्यार्थी नेता रिहाई
काठमाडौँ, ६ वैशाख । निजी विद्यालयले बढाएको शुल्कविरुद्व आन्दोलन गर्ने क्रममा पक्राउ परेका दुई विद्यार्थी नेता आज रिहाई भएका छन् ।
आन्दोलनरत् विद्यार्थीहरुले आफ्ना पक्राउ परेका साथीहरु नछुटेसम्म वार्ता नगर्ने सर्त राखेपछि पूर्वनिर्धारित समयमा आज दिउँसो २ बजे हुने भनिएको विद्यार्थी सङ्गठन र सरोकारवाला पक्षबीचको वार्ता स्थगित भएको थियो ।
कैलालीका अखिल (क्रान्तिकारी)का अध्यक्ष वीरेन्द्र विक र अनेरास्ववियुका अध्यक्ष चुडामणि भट्टको रिहाईपछि शिक्षा मन्त्रालयमा अहिले वार्ता भइरहेको अनेरास्ववियु (क्रान्तिकारी) का कोषाध्यक्ष लालबहादुर तामाङले जानकारी दिनुभयो ।
जिल्ला शिक्षा कार्यालयको अनुमतिमा २२ प्रतिशतदेखि ४४ प्रतिशतसम्म विद्यालयले शुल्क वृद्धि गरेपछि विभिन्न नौ विद्यार्थी सङ्गठन आन्दोलनमा उत्रिएका थिए ।
उनीहरुले विद्यालयको भर्ना प्रक्रिया अवरोध गर्नेदेखि विद्यालय बन्द गर्ने, सरोकारवालासँग अन्तक्र्रिया गर्ने, धर्नालगायतका चरणबद्ध आन्दोलनको घोषणा गरेका थिए ।
दुई वर्षको कानुनी लडाई पछि ट्रम्पको गोप्य कर विवरण जिल्ला अधिवक्ताको हातमा
लेडी गागाको कुकुर घुमाउनेको छातीमा गोली प्रहार गर्दै फ्रेन्च बुलडग नामक दुई कुकुर चोरी
ओहायोको बरफिलो तालमा खस्दा किशोरी र उद्धार गर्ने प्रहरी समेतको मृत्यु
अमेरिकाको आर्कन्सको एक घरमा ३ जनाको हत्या ,अपहरित बच्चा सुरक्षित फेला
न्यूयोर्क शहरमा नयाँ प्रजातिको कोरोना भाइरस फेला
प्रतिक्रिया