बिहीबार, मंसिर ११ २०७७
काठमाडौं १८:३७
वासिङटन डिसी 07:52

नेपाली चलचित्र आगो भाग -२ भर्जिनियामा प्रदर्शन

इनेप्लिज २०७२ वैशाख ५ गते २२:५४ मा प्रकाशित

 

DSCN2546

डिसी महानगर क्षेत्रको भर्जिनियाको लोमेन्स चलचित्र मन्दिरमा नेपाली कथानाक चलचित्र आगो भाग -२ प्रदर्शन गरिएको छ l नेपाली चलचित्र लाई मन पराउने नेपाली समुदाय डिसी महानगर क्षेत्रमा घना वस्ती भएकोले यस क्षेत्रमा आगो भाग -२ प्रदर्शन गरिएको जानकारी चलचित्रका निर्माता विजय लामाले दिए l

यो चलचित्र डिसी क्षेत्रमा नेपाली समुदायको लागि निशुल्क प्रदर्शन गरिएको हो भने अमेरिकामा नेपाली चलचित्र सम्भवत पहिलो पटक निशुल्क देखाईएको छ l

चलचित्र निर्माता बिजय लामाले निशुल्क देखाउनुको उदेश्य भनेको कमाएर र पुगेर निशुल्क नगरी नेपाली समुदाय तथा दर्शकलाई नेपालको राजनैतिक अवस्था ,बिकृति तथा विसंगति बारेमा अवगत गराउनु पनि रहेको बताए l

DSCN2592

शुभ चिन्तकहरुले चलचित्र देखाउन आर्थिक सहयोग जुटाएको चर्चा गर्दै निशुल्क भर्जिनियामा मात्र देखाईएको जानकारी दिए l यो चलचित्र हेर्न को लागि डिसी महानगर क्षेत्र वरपरका दर्शकहरु आएका थिए l

बिशेष गरि पत्रकारको बिषय वस्तुलाई केन्द्र बिन्दु बनाएर निर्माण गरिएको चलचित्र हो l चलचित्रमा पत्रकारले कस्ता समस्या को सामना गर्नु बाट पर्छ र कस्तो परिस्थिति बाट गुज्रिनु पर्छ भन्ने प्रदर्शन गरिएको छ l पत्रकारको कलमको शक्तिले राजनीतिक दल तथा राजनेताका कुकृत्यलाई आगो भन्ने पत्रिका मार्फत भंडाफोर गरिएको कथा वस्तु छ l जसको कारण पत्रकारलाई ज्यान मार्ने धम्कि तथा भौतिक कारवाही समेत गरेको चित्रण गरिएको छ l

यसै गरि चलचित्रका सहयोगी नेपाली चलचित्रका नायक किरण प्रताप केसीले अमेरिकामा पैसा तिरेर हेर्न सक्ने दर्शक छन् तर निर्माता विजय लामाले चलचित्रमा आफुले धेरै लगानी गरि सकेको र एउटा प्रदर्शन निसुल्कमा देखाउदा केहि फरक नपर्ने भएकोले निशुल्क देखाईएको बताए l

अर्का चलचित्र निर्माता पुस्कर पन्तले दर्शकहरुलाई उत्प्रेरणा गर्नको लागि पहिलो पटक निशुल्क गरिएको बताए l

प्रतिक्रिया