झापाको खुदुनावारीमा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु
इनेप्लिज
२०७२ वैशाख ५ गते १६:०४ मा प्रकाशित
सुरुङ्गा (झापा) ५ वैशाख । जङ्गली हात्तीको आक्रमणबाट उत्तरी झापाको खुदुनावारीमा ७० वर्षीया एक वृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा खुदुनावारी–८ निवासी अम्बिका आचार्य रहेको प्रहरी चौकी शनिश्चरेका प्रमुख सार्कीधन राईले जानकारी दिनुभयो । गत विहीबार घर नजिकै रहेको जुकेखाडी सामुदायिक वनमा वस्तु चराउन गएकी आचार्य घर नफर्किएपछि उनको खोजी कार्य तीव्र पारिएको थियो ।
हराएकी आचार्यको खोजी गर्ने क्रममा आज अपराह्न हात्तीले शरीरका विभिन्न भागमा कुल्चिएर मारेको अवस्थामा शव फेला परेको प्रहरी चौकी शनिश्चरेका प्रमुख राईले जानकारी दिनुभयो ।
शवको आज नै मेची अञ्चल अस्पताल भद्रपुरमा परीक्षण गरिएको छ ।
बाइडेनले टेक्ससको गभर्नरले मुखावरण हटाउने निर्णयलाई ‘पुरातनपंथी सोच’ किन भने ?
न्याकले आइतबार महिला दिवस मनाउने
नेपाली कांग्रेसका ऐतिहासिक योद्धा संग अन्तरक्रिया कार्यालयमा
अमेरिकामा १ करोड २० लाख कोरोनाबाट मुक्त, ७ करोड ८६ लाखले खोप लगाए
एनसीसिओको साधारण सभा भव्यताका साथ सम्पन्न, निजानन्द मल्ल दोश्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित
प्रतिक्रिया