शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं १३:२१
वासिङटन डिसी 02:36

संविधान निर्माणको काम अन्तिम चरणमा: मन्त्री आचार्य

इनेप्लिज २०७२ वैशाख ५ गते १५:२३ मा प्रकाशित

mahesh-acharyaविराटनगर, ५ वैशाख । वन तथा भूसंरक्षणमन्त्री महेश आचार्यले लायन्स क्लवले असल नागरिक उत्पादन गरी समाजसेवाप्रति समर्पणको भावना जागृत गराउनमा महत्वपूर्ण योगदान गर्दै आइरहेको बताउनुभएको छ ।

लायन्स क्लव इन्टरनेसनल डिष्ट्रिक्ट ‘एवन’को तेस्रो महाधिवेशनको विराटनगरमा आज उद्घाटन गर्दै उहाँले स्वास्थ्य, शिक्षा र प्राकृतिक विपद्मा समेत लायन्सले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभयो ।

संविधान निर्माणको काम अन्तिम चरणमा पुगिसकेको जानकारी गराउँदै मन्त्री आचार्यले राजनीतिक दलहरुबीच सहमतिमै संविधान जारी गर्नका लागि गहन छलफल भइरहेको बताउनुभयो ।

उहाँले मुलुकमा छवटा सङ्घीय प्रदेशको विषयमा लगभग सहमति भइसकेको र प्रदेशको खाका जनताका बीचमा लगिएपछि प्रदेशको नामाकरणमा जनताको सुझावलाई प्राथमिकता दिने स्पष्ट पार्नुभयो ।

सामान्य प्रशासनमन्त्री लालबावु पण्डितले २०७२ भित्रै मुलुकले संविधान पाउने प्रतिबद्धता प्रकट गर्दै तेस्रो संविधानसभाको निर्वाचन नहुने ठोकुवा गर्नुभयो ।

उहाँले सेवाको भावना बोकेको लायन्स क्लवले सरकारसँग सहकार्यका लागि अग्रसर भएमा सरकार सहयोगगर्न तत्पर रहेको छ भन्नु भयो ।

नेपाली काँगे्रसका केन्द्रीय सदस्य एवम् सभासद् डा शेखर कोइरालाले मुलुकको राजनीतिक अवस्था जटिल मोडमा पुगेको प्रसङग उल्लेख गर्दै इच्छाशक्ति राख्यो भने ०७२ सालमैं जनताले संविधान पाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले संविधान निर्माणको काममा व्यक्तिवादी चरित्र हावी भएका कारण संविधान निर्माणका कार्य रुमलिएको अनुभव भइरहेको बताउनुभयो ।

लायन्सका परिषद् अध्यक्ष भरतप्रसाद ढुङ्गेलले मातृकाप्रसाद कोइरालाले ४४ बर्ष अघि स्थापना गर्नु भएको लायन्स क्लवले सेवा भावनाको कार्य गर्दै अन्तर्राष्ट्रियस्तरमै पहिचान स्थापितगर्न अग्रसर भइसकेको जानकारी गराउनुभयो ।

सो अवसरमा उहाँले स¥हानीय कार्य गरेबापत अन्तर्राट्रिय लायन्स क्लवको प्रमुखले लायन्स क्लव इन्टरनेशल डिष्ट्रिक्ट ३२५ एवनका गभर्नर भीम घिमिरेलाई प्रदान गरेको इन्टरनेसनल पे्रसिडेन्ट एवार्डलगायत तीनवटा एवार्ड प्रदान गर्नुभयो ।

प्रतिक्रिया