अन्ततः प्रक्रियाबाटै संविधान जारी हुन्छ: अध्यक्ष दाहाल
कावासोती, ५ वैशाख । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले संविधान निर्माणको काम प्रक्रियाबाटै हुने बताउनुभएको छ ।
क्रान्तिकारी पत्रकार सङ्घ नवलपरासीले आज कावासोती–१६ डण्डामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले भन्नुभयो, “दलहरूबीच झण्डैझण्डै सहमति भएको छ, सहमति नभएको राज्यको पुनःसंरचना हो, त्यसमा पनि हिजोका सहमति सम्झौतालाई काँग्रेस–एमालेले नबिर्सँदा सहमति हुन्छ ।”
अध्यक्ष दाहालले न्याय प्रणाली, निर्वाचन प्रणालीमा सहमति भएको र शासकीय स्वरुपमा नेपाली काँग्रेस र नेकपा (एमाले) मिलेर गएपछि आलोचनात्मक सहमति जनाउने भनेका हौँ, बाँकी राज्यको पुनःसंरचना हो त्यो पहिचान र सामथ्र्यको आधारमा हुनुपर्छ भन्ने हाम्रो धारणा छ भन्नुभयो ।
“पहिचान र सामथ्र्यको आधारमा प्रदेश निर्माण गरिए एमाओवादी प्रदेशको सङ्ख्यामा अडान राख्दैन, ६, ८, १० जति प्रदेश भएपनि त्यो पहिचान र सामथ्र्यकै आधारमा हुनुपर्छ”– अध्यक्ष दाहालले भन्नुभयो, “पहिचान र सामथ्र्यका आधारमा सङ्ख्या र नाम के हुने भन्नेमा छलफल भइरहेको छ, त्यो सकारात्मक छ ।”
मिजोरीको सेन्ट लुइसमा भएको गोलीकाण्डमा ९ बर्षिय बालकको मृत्यु
पूर्ण खोप लगाएका व्यक्तिहरू मुखावरण बिना र सामाजिक दूरी बिना नै भेटघाट गर्न सकिने : सिडिसी
न्युयोर्कको माछा बजारमा किशोरी मृत अवस्थामा प्लास्टिकको पोकामा बेरिएको फेला
अमेरिकामा ९ करोड ३ लाख ५१ हजारले खोप लगाए ,१ करोड २ लाख ५१ हजार कोरोना संक्रमणमुक्त
हार्दिक धन्यवाद ज्ञापन – १११औँ अन्तरष्ट्रीय नारी दिवस
प्रतिक्रिया