स्वाइनफ्लु रोक्न सरकार जस्तोसुकै कदम चाल्न तयार: मन्त्री अधिकारी
इनेप्लिज
२०७२ वैशाख ५ गते १५:१२ मा प्रकाशित
चरिकोट, ५ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले जाजरकोटमा फैलिएको स्वाइन फ्लु रोक्न सरकार जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताउनुभएको छ ।
राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ दोलखाको दोस्रो जिल्ला अधिवेशनको उद्घाटन गर्दै उहाँले स्वास्थ्य मन्त्रालयबाट चार विशेषज्ञ स्वास्थ्यकर्मीको टोलीसहित जिल्लामा रहेका २०० स्वास्थ्यकर्मीलाई प्रभावित गाविसमा परिचालन गरिएको बताउनुभयो । स्वाइनफ्लुले जाजरकोटमा धेरैको मुत्यु भए पनि अब अन्य बिरामीको मृत्यु हुन नदिने उहाँको भनाइ थियो ।
छिमेकी जुम्ला, रुकुम, दैलेख, सल्यानलगायतका जिल्लामा स्वाइनफ्लुको महामारी फैलन नदिन औषधिसहितको स्वास्थ्यकर्मीको टोली त्यसतर्फ पठाइएको पनि उहाँले जानकारी दिनुभयो ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
तीन हजार नेपालीहरुको सहभागिता रहेको ऐतिहासिक एएनए सम्मेलन सम्पन्न
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
प्रतिक्रिया