मंगलबार, मंसिर १६ २०७७
काठमाडौं २३:०३
वासिङटन डिसी 12:18

सिकागोमा पर्यटन महोत्सब दिवस मनाइने

इनेप्लिज २०७२ वैशाख ५ गते ११:२९ मा प्रकाशित

Chicago Skyline at Dusk

सधै आफ्नो पहिचान र अधिकारको लागि काम गर्दै आएका नेपाली समुदायले यस पटक भने आफ्नो जन्मथानको लागि भन्दै फरक खालको योगदान दिन पर्यटन डे [महोत्सब] मनाउने भएका छन् |नेपालमा पर्यटकको संख्यामा अभिबृदी गरेर आर्थिक सम्पन्नता प्रदान गर्ने उदेस्यले आयोजना हुने सो कार्यक्रम यसपटक सांस्कृतिक ,पर्यटकीय र अमेरिकाको सबै भन्दा सुन्दर ब्यबस्थित यैतिहासिक शहर सिकागोमा गरिने भएको छ | नेपालको गणतन्त्र दिवशको उपलक्ष्यमा गर्न लागिएको सो कार्यक्रम जुन ६ र ७ [ जेष्ठ २४ र २५ ] मा प्रवासी नेपाली मंच अमेरिकाको आयोजनामा हुने र उक्त महोत्सबको उद्घाटन सत्रमा सिकागो एरियामा बसोबास गर्ने नेपाली समुदायको ठुलो संख्याको उपस्थितिमा नेपालका पुर्व प्रधानमन्त्रि माधव कुमार नेपालले गर्नु हुने भएको छ |

दुइ दिन सम्म हुने सो महोत्सबमा नेपाली पहिचान दिने परम्परागत पन्चे बाजाको साथमा नेपाली झन्डा बोकेर नेपाली टोपीमा सिकागोको मुख्य बजार छेत्रमा र्र्याली निकाल्ने र्र्यलिमा नेपालका पर्यटकीय स्थलको चिनारी भएका ब्यानर पोस्टर र विभिन्न जातजातिका पोशाक संस्कृति झल्कने झाकीहरु प्रदसन हुने छन् ,र्याली पश्चात अमेरिकन र अन्य देशका सहभागीहरु बिच नेपालमा पर्यटकको लागि मन्त्र मुग्ध पार्ने दीर्श्यहरुको भिडियो स्लाइड सो र कार्यपत्र प्रस्तुत हुने छ | त्यसै गरि महोत्सबलाइ बढी प्रभाबकारी बनाउन साहित्यिक कार्यक्रममा कविता , गजल प्रतियोगितात्मक हुने र शाँझ नेपालका लोक प्रिय कलाकार हरुले सांगीतिक कोसेली पस्कने कार्यक्रम रहेको छ |दोस्रो दिन प्रवाशी नेपाली मंचको दोस्रो साधारण सभा पनि गरिने भएकोले कार्यक्रममा प्रवासी नेपाली मंचका अमेरिका भरिका कार्यक्रता सिकागोमा जम्मा हुने भएका छन् कार्यक्रमको प्रतक्ष्य प्रसार प्रचार गर्न सिकागोमा रहेका अन्तरराष्ट्रिय टेलिविजन र नेपाली भाषी संचार माध्यमलाई निम्ता गरिने भएको छ|

उपरोक्त सबै कार्यक्रमलाइ भब्य र प्रभावकारी बनाउन प्रवासी नेपाली मंचको भर्खरै सम्पन्न न्युहम्सारको बिस्तारित बैठकले मंचका प्रथम उपद्क्ष्य बाला घिमिरे संयोजक ,मध्यपश्चिम छेत्रका पुर्व अद्क्ष्य तथा हालका छेत्रीय इन्चार्ज प्रितिसागर खत्री सहसंयोजक र मध्यपश्चिम छेत्रका अद्क्ष्य टेकराज पौडेललाइसदस्य सचिबको जिम्मेवारी दिइएको मंचका अद्क्ष्य श्री संजय थापाले बताउनु भएको छ |घिमिरे ,खत्री र पौडेलको सरसल्लाहमा गत अप्रिल१ मा सम्पन्न भएको छेत्रीय कमिटिको बैठकले नेपाल पर्यटन महोत्सब तथा दोस्रो साधारण सभा भब्यरुपमा सम्पन्न गर्न १०१ जनाको मूल आयोजक समिति श्री बाला घिमिरेज्युको संयोजकतामा गठन गर्दै विभिन्न उपसमिति हरु गठन भएका छन् उपसमितिमा सिकागोमा रहेका प्रवासी नेपाली मंचका सबै सदस्यहरु र केहि अन्य ठाउँका बिशिस्ठ व्यक्तिहरु राखिएको छ |

यसरि गठन गरिएका उपसमिति र तिनका प्रमुखहरु निम्नानुसार हुनुहुन्छ |१, आर्थिक ,प्रचार ,होटल तथा ,हल ब्यबस्थापन उपसमिति प्रमुख बाला घिमिरे ,२ .अनुगमन तथा निर्देसन उपसमिति प्रमुख प्रिती सागर खत्री ,३ .सांस्कृतिक ,साहित्यिक ,झाँकी ,मंच सजावट रस्वयाम्सेवक परिचालन उपसमिति प्रमुख टेकराज पौडेल ,४.जन परिचालन उपसमिति प्रमुख खेम भण्डारी तथा खाद्यान्न ब्यबस्थापन उपसमिति प्रमुखमा शिब अधिकारी रहनु भएको छ |

प्रतिक्रिया