शान्तिको कामना गर्र्दै मेची महाकाली साइकल यात्रा
इनेप्लिज
२०७२ वैशाख ५ गते ५:५८ मा प्रकाशित
सुरुङ्गा (झापा), ५ वैशाख । नेपालमा स्थायी शान्तिको कामना गर्दै दुई युवा मेची महाकाली साइकल यात्रामा निस्किएका छन् ।
इटहरी उपमहानगरपालिका–२ आँपगाछीका १५ वर्षीय अनोमल श्रेष्ठ र १६ वर्षीय गौतम महत शुक्रबारबाट साइकल यात्रामा निस्किएका हुन् । नेवा समाज समिति मेचीनगरले एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई मेचीपुलबाट बिदाइ गरेको हो ।
नेवार समुदायका पण्डित चक्रबहादुर जोशीले आफ्नै संस्कारअनुसार सुकुन्डामा बत्ती बाल्दै सङ्कल्प वाचन गरेर उनीहरुलाई बिदा गरेको बताउनुभयो । बीस दिनमा यात्रा सम्पन्न गर्ने लक्ष्यअनुरुप आफूहरु साइकल यात्रामा निस्किएको अनोमलले बताए ।
मेरिल्याण्डमा गोली प्रहारबाट एक जनाको मृत्यु
न्यूयोर्कका गभर्नर कुमो बिरुद्ध लागेको यौन उत्पीडन समीक्षा गर्न स्वतन्त्र वकिल चयन गर्न आग्रह
राजधानी मन्दिरमा नेपाली पण्डित मोतिलाल शर्माबाट— स्वस्थानीको सॉगे (भिडियोसहित)
अमेरिकाको मिसिगनमा १४ बर्षिय किशोरीले हजुरआमाको हत्या गरेको अभियोगमा पक्राउ
एफडिएले अमेरिकामा जोन्सन एण्ड जोन्सन सहित कूल तीन खोप बनाउने प्रतिष्ठानलाई आपतकालीन प्रयोग गर्न खोपको स्वीकृत
प्रतिक्रिया