आइतबार, मंसिर १४ २०७७
काठमाडौं १३:३१
वासिङटन डिसी 02:46

परिवर्तनलाई आत्मसात् गर्न सक्ने नेता सूर्यबहादुर

इनेप्लिज २०७२ वैशाख ४ गते १३:१७ मा प्रकाशित

Surya-bahadur-thapa1विभिन्न राजनीतिक दलका नेताहरुले राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालाई परिवर्तनलाई आत्मसात् गर्न सक्ने नेताका रुपमा चित्रित गर्नुभएको छ ।

स्व थापाप्रति श्रद्धाञ्जली व्यक्त गर्न दशरथ रङ्गशाला पुग्नुभएका नेताहरुले पञ्चायतकाल हुँदै बहुदलीय व्यवस्था र सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्मको देशको राजनीतिक परिवर्तनलाई उहाँले आत्मसात् गर्न सक्नु अत्यन्त प्रशंसनीय भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया