छात्रालाई साइकल वितरण

इनेप्लिज २०७२ वैशाख ४ गते ४:३९ मा प्रकाशित

cycleपर्सा, ४ वैशाख । जिल्लामा रहेका सामुदायिक विद्यालयको छात्राहरुलाई बिहीबार एक समारोहबीच यहाँ साइकल वितरण गरिएको छ ।

मधेसी जनअधिकार फोरम (नेपाल)का नेता एवम् सभासद् श्रवणकुमार अग्रवालको संसदीय कोषबाट सामुदायिक विद्यालयको कक्षा ८ र ९ मा अध्ययनरत ८६ जना गरिव तथा जेहेन्दार साइकल वितरण गरिएको हो ।

नेपालका लागि भारतीय महावाणिज्य दूतावासकी वाणिज्य दूत अन्जुर रञ्जनले छात्राहरूलाई साइकल हस्तान्तरण गर्दै वितरण गरिएको साइकलले छात्राहरूको समय जोगाउनुको साथै अध्ययनमा समेत मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले तीनसय छात्रालाई साइकल वितरण गर्ने लक्ष्य राखिएको र १५ दिनभित्र बाँकी छात्राहरूलाई साइकल वितरण गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया