नेता थापाको निधनबाट एमाले स्तब्ध: अध्यक्ष ओली
काठमाडौँ, ३ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष तथा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको असामयिक निधनबाट आफू स्तब्ध भएको बताउनुभएको छ ।
नेपाली राजनीतिका सुपरिचित एवम् प्रतिष्ठित नेता उहाँले झन्डै छ दशक मौलिक शैलीका साथ राजनीतिक रङ्गमञ्चमा सक्रिय रहेर पाँच पटकसम्म मुलुकको प्रधानमन्त्रीका रुपमा विशिष्ट राजनीतिक परिचय कायम गर्नुभएकामा अध्यक्ष ओलीले प्रशंसा गर्नुभएको छ ।
अध्यक्ष ओलीले आज एक शोक वक्तव्य जारी गरी आफूलाई समयानुकूल ढाल्न सक्ने गतिशीलताको पर्यायका रुपमा स्थापित तथा गणतन्त्रको स्थापनालाई सहजै स्वीकार गरेर अन्ततः परिवर्तनको पक्षमा दृढतापूर्वक थापा उभिनुभएको उल्लेख गर्नुभएको छ ।
संविधानसभाको दोस्रो निर्वाचनपश्चात् ज्येष्ठ सदस्यका हैसियतमा सभाध्यक्षको निर्वाचनअघि उहाँले निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका महत्वपूर्ण रहेको भन्दै अध्यक्ष ओलीले संविधानसभाबाट नयाँ संविधान जारी गरी २०६२/०६३ को परिवर्तनका उपलब्धिलाई संस्थागत गरेर अघि बढ्ने प्रक्रियामा उहाँको निधनले मुलुकलाई नै अपुरणीय क्षति पुर्याएको वक्तव्यमा उल्लेख गर्नुभएको छ ।
अध्यक्ष ओलीले शोकको यो घडीमा दिवङ्गत नेता थापाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजन र उहाँको पार्टीप्रति समवेदना व्यक्त गर्नुभएको छ ।
उत्तर क्यारोलाइनाकी एक महिलाले कोरोना सहायता ऋणबाट गरगहना,हिरा र महङ्गा समान खरिद गर्दा अदालतमा
डिसीकी नगर प्रमुख म्युरिएल बाउजरकी दिदीको कोरोनाको जटिलताबाट निधन,मर्मस्पर्शी वक्तब्य
द्रुतगतिमा गाडी चलाएका टाइगर वुड्सको खुट्टामा फलामे डन्डी राखियो,वुडको स्वास्थ्यमा सुधार
जोन्सन एण्ड जोन्सनको कोभिड-१९ बिरुद्ध एकल खोपले गम्भीर कोरोनाको रोकथाम हुने : एफडिए
टाइगर वुडले द्रुतगतिमा गाडी चलाउदा दुर्घटना हुँदा बालबाल बचे ,दुवै खुट्टामा गम्भीर चोटपटक
प्रतिक्रिया