सोमबार, मंसिर १५ २०७७
काठमाडौं ०२:१८
वासिङटन डिसी 15:33

पूर्व प्रम थापाको राजकीय सम्मनाका साथ अन्त्येष्टि गरिने शुक्रबार सार्वजनिक बिदा

इनेप्लिज २०७२ वैशाख ३ गते १४:३४ मा प्रकाशित

surya_bahadur_thapa_deathकाठमाडौँ, ३ वैशाख । सरकारले पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने भएको छ ।

प्रधानमन्त्री निवासमा आज अपराह्न भएको मन्त्रिपरिषद्को बैठकले नेता थापाको निधनको शोकमा शुक्रबार सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । विदेशस्थित नेपाली नियोगमा पनि राष्ट्रिय झण्डा आधा झुकाइने छ ।

पूर्व प्रधानमन्त्री एवम् संविधानसभाका ज्येष्ठ सदस्य थापाको असामयिक निधनप्रति शोक प्रकट गर्दै सरकारले त्यस्तो निर्णय गरेको हो ।

बैठकले एसियाली–अफ्रिकी सम्मेलनको ६० औं तथा नयाँ एसियाली–अफ्रिकी रणनीतिक साझेदारी (नास्प)को दशौँ वार्षिकोत्सवमा भाग लिन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा सहभागी हुने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणगोपाल मलेगोले बताउनुभयोे ।

यसैगरी बैठकले जाजरकोटमा उत्पन्न स्वास्थ्य समस्या समाधान गर्न मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा चार सदस्यीय समन्वय समिति गठन गरेको छ । समितिमा गृह, स्वास्थ्य तथा जनसङ्ख्या र रक्षा सचिव सदस्य रहनुभएको उहाँले जानकारी दिनुभयो ।

साथै बैठकले वन तथा भूसंरक्षण मन्त्रालयको सचिवमा महालेखानियन्त्रक शङ्करप्रसाद अधिकारीलाई सरुवा गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया