बार्सीलोना विजयी
काठमाडौं, ३ बैशाख । युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिता अन्तर्गत गएराती भएका खेलहरुमा बार्सीलोना र एफसी पोर्टो विजयी भएका छन् ।
क्वाटरफाईनल पहिलो लेगको खेलमा स्पेनिस क्लव वार्सीलोनाले फ्रान्सको पेरिस सेन्ट जर्मेन पिएसजीलाई उसैको मैदानमा ३-१ ले हरायो ।
वार्सीलोनाका लागि लुईस सुवारेजले दुई तथा नेईमारले एक गोल गरे । वार्साकै जेरेमी म्याथ्युले एक आत्माघाति गोल गरेपछि पिएसजीले हार अन्तर कम गर्ने मौका पाएको हो ।
गएराती भएको अर्को खेलमा पोर्चुगलको एफ.सी पोर्टोले जर्मनीको बायर्न म्युनिखलाई ३-१ ले पराजित गर्यो ।
आफ्नै मैदानमा पोर्टोलाई विजयी गराउन रिकार्डाे करिज्माले दुई तथा ज्याक्सन मार्टीनेजले एक गोल गरे ।
बायर्न म्युनिखका लागि थियागो अल्कान्ताराले एक सान्तोना गोल फर्काए ।
च्याम्पियन्स लिग फुटबल अन्तर्गतका यसअघि सम्पन्न क्वाटरफाईनल खेलहरुमा इटालीको युभेन्टसले फ्रान्सको मोनाकोलाई १-० ले हराँउदा दुई स्पेनिश क्लवहरु एथ्लेटिको मड्रिड र रियाल मड्रिडले गोलरहित बराबरी खेलेका छन् ।
अमेरिकामा १ करोड १ लाख ७५ हजार मानिस कोरोनाबाट मुक्त ,७ करोड ५२ लाखले खोप लगाए
अमेरिकामा जन्मेकी प्राप्तिले अनलाइन मार्फत बालबालिकालाई नेपाली पढ्न र लेख्न सिकाउदै
सिडिसीले मतदान गर्दै जोन्सन एण्ड जोन्सनको खोप अमेरिकामा चलाउन सिफारिस
मेरिल्याण्डमा गोली प्रहारबाट एक जनाको मृत्यु
न्यूयोर्कका गभर्नर कुमो बिरुद्ध लागेको यौन उत्पीडन समीक्षा गर्न स्वतन्त्र वकिल चयन गर्न आग्रह
प्रतिक्रिया