माक्स नलगाउनेलाई कार्यालय प्रवेश रोक

इनेप्लिज २०७२ वैशाख ३ गते १०:३६ मा प्रकाशित

swine-fluजाजरकोट, ३ वैशाख । स्वाइन फ्लू र मौसमी फ्लू फैलिएको प्रमाणित भएपछि यस जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयमा माक्स नलगाउनेलाई कार्यालयमा प्रवेश गर्न रोक लगाइएको छ ।

यहाँका कर्मचारी तथा सेवाग्राही सबैलाई माक्स लगाएर मात्र हिँड्डुल गर्न र कार्यालयमा आउन निर्देशन दिइएको हो । जिल्लाका पैक, पजारु, अछानी, नायकवाडा, रोकायगाउँ, टालेगाउँमा रोग फैलिएपछि यस्तो निर्देशन दिइएको छ । एकै ठाउँमा भीडभाड नगर्न समेत भनिएको छ ।

प्रतिक्रिया