बुधबार, मंसिर १० २०७७
काठमाडौं ११:४३
वासिङटन डिसी 00:58

बलात्कारीलाई कडा सजायको व्यवस्था गर्न निर्देशन

इनेप्लिज २०७२ वैशाख ३ गते १०:३५ मा प्रकाशित

balatkarकाठमाडौँ, ३ वैशाख । व्यवस्थापिका–संसद्, महिला बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समितिले आजको बैठकमा बलात्कारीलाई कडा सजायको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिका सभापति रञ्जुकुमारी झाका अध्यक्षतामा भएको बैठकले बालिका बलात्कारका अपराधीलाई कडाभन्दा कडा सजाय दिने विकल्पका रुपमा ‘केमिकल क्यास्ट्रेसन’(रासायनिक बन्ध्याकरण)लाई कानुनी व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।

प्रतिक्रिया