पूर्वप्रधानमन्त्री थापाको निधनमा नेपाल शोकमा, थापालाई राष्ट्रिय सम्मान दिइने
काठमाडौँ, ३ वैशाख । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधनमा सिंगो देश शोकमा डुबेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नेता पद्मसुन्दर लावतीले लामो समय राष्ट्र र जनताका सेवामा निरन्तर कार्यरत वरिष्ठ राजनीतिज्ञ एवं पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको उपचारका क्रममा भएको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
उहाँले प्रेस विज्ञप्तिमार्फत शोकसन्तप्त परिवारप्रति समवेदना पनि प्रकट गर्नुभएको छ ।
यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय समितिको आज बसेको आकस्मिक बैठकले पार्टी वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री थापाको निधनप्रति दुःख व्यक्त गर्दै शोकप्रस्ताव पारित गरेको छ ।
पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराको निवास महाराजगन्जमा बसेको बैठकले नेता थापाको बुधबार राति भारतको मेदान्त अस्पतालमा उपचारको क्रममा आकस्मिक निधनबाट पार्टीलाई गम्भीर बनाएको जनाएको छ ।
सो प्रस्तावमा मुलुक सङ्क्रमणकालमा लम्बिँदै गएको अवस्थामा सहमतिबाट यथाशीघ्र संविधान निर्माण गर्नुपर्छ भन्ने एक राजनेता मुलुकले गुमाएको र यो पार्टी र मुलुकका लागि अपूरणाीय क्षति भएको उल्लेख छ ।
बैठकले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामनासमेत गरेको छ । थापाको पार्थिव शरीर भारतीय सरकारको विशेष विमानद्वारा आज अपराह्न काठमाडौँ ल्याइने भएको छ । काठमाडौँ ल्याइएपछि थापाको पार्थिव शरीरलाई उहाँको निजी निवास मालीगाउँमा शुक्रबार बिहानसम्म राखिने पार्टीका सहप्रवक्ता किरण गिरीले जानकारी दिनुभयो ।
त्यस्तै शुक्रबार बिहान १० बजे पार्टी कार्यालय चाबहिल र त्यसपछि सार्वजनिक श्रद्धाञ्जलिका लागि मध्याह्न १२ बजे दशरथ रङ्गशालामा राखिने बताइएको छ । पूर्वप्रधानमन्त्री थापाको शुक्रबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने राप्रपाले जनाएको छ ।
चन्दबाट समवेदना
वरिष्ठ नेता थापाको निधनप्रति राप्रपाका नेता लोकेन्द्रबहादुर चन्द नेतृत्वले पनि विज्ञप्ति जारी गरी समवेदना व्यक्त गरेको छ । सो नेतृत्वले आज अपराह्न १ बजे आकस्मिक बैठक बोलाएको पार्टीका प्रचार प्रसार समितिका संयोजक मीना सुवेदीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । रासस
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया