माधव नेपाल भन्छन्-‘माओवादीले उठाएका मुद्दाहरु साइड लगाएर संविधान बनाऔं’

इनेप्लिज २०७२ वैशाख २ गते १५:०४ मा प्रकाशित

PM2-335x218चौतारा, २ वैशाख । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले विवादित विषयलाई अनुसूचीमा राखेर भए पनि संविधान जारी गर्नुपर्ने बताउनुभएको छ । नेकपा (एमाले) सिन्धुपाल्चोक क्षेत्र १ को तेस्रो क्षेत्रीय अधिवेशनको आज लिसङ्खुमा उद्घाटन गर्दैै उहाँले अब जनतालाई धेरै दिन ढाँट्न नसकिने हुँदा यही ६ गते बस्ने संविधानसभाको बैठक अगाडि नै सो विषयमा छलफल गरेर निष्कर्षमा जानुपर्नेमा जोड दिनुभयो । उहाँले एकीकृत नेकपा माओवादीले उठाएका विवादित विषयलाई पछि छलफल गर्ने गरी साइड लगाएर सहमति हुने विषय समावेश गरेर संविधान जारी गर्नुपर्ने प्रस्ताव राख्नुभयो । कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले लामो समयसम्म देशलाई अनिर्णयको बन्दी बनाउन नहुने धारणा राख्नु भयो । एमाले पोलिटब्युरो सदस्यद्वय पशुपति चौलागाई र अरुण नेपालले दलहरुबीच सहमति नभए प्रक्रियाबाट भए पनि संविधान निर्माण गर्नुपर्ने बताउनुभयो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । दैनीक नेपाल बाट

प्रतिक्रिया