बिहीबार, मंसिर १८ २०७७
काठमाडौं ००:०९
वासिङटन डिसी 13:24

एनआरएन अमेरिकामा बरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी उम्मेदवार कृष्ण पोख्रेलको घोषणा–पत्र

इनेप्लिज २०७२ वैशाख २ गते १४:२१ मा प्रकाशित

11075638_10152759220502503_1181021584_o (1)

आदरणीय अमेरिकाबासी गैर–आबासीय नेपाली आमा–बुवा, दाजु–भाई तथा दिदि–बहिनीहरु

गत बर्ष भएको एनआरएन एनसिसिअफ युएसएको चुनाबबाट मलाई महासचिब जस्तो गरिमामय पदमा बिजयी गराउनु भएकोमा म यहाँहरुमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु, वर्तमान कार्यसमितिका साथीहरु, IFCC का सदस्य, सल्लाहकार एवं सम्पूर्ण हजुरहरुको अथक प्रयासबाट नै छोटो समयमा NRN, USA ले ठूलो संस्थागत फड्को मार्न सफल भएको हो, साच्चिकै भन्नु पर्दा हाम्रा कार्यक्रम तथा क्रियाकलापहरुलाई पहरेदारको भुमिका निर्बाह गरी सूचना प्रबाह गरिदिने पत्रकार तथा संचारकर्मी साथीहरु र हामीले थालेकाहरेक कार्यक्रमलाई सहयोग गर्ने तपाई गैह्र आबससीय नेपालीहरुको यति ठूलो सहयोग नभएको भए ल्च्ल्, ग्क्ब् आजको यो अवस्थामा कदाचित आउन सक्ने थिएन । यसका लागि म यहाहरु सम्पूर्णलाई हृदय देखि नै मुरी–मुरी धन्यवाद दिन चाहन्छु ।

यहाँहरुको माया र सद्भावले मलाई यहाँ प्रतिनिधिका रुपमा पठाउनु भएपछि मैले छोटो समय भए पनि संस्थागत संरचनामा बसेर सामाजिक सेवा गर्ने र सिक्ने अवसर पाए । संस्था सुदृढिकरण र सदस्यता बृद्धिका लागि अमेरिकाका धेरै राज्यहरुमा घुमी संस्थालाई गरिमामय बनाउनका लागि उल्लेख्य भूमिका निर्वाह गरे । आम नेपालीका हस्तलिखित पासपोर्ट नबिकरण गरी पासपोर्ट बनाउनका लागि एनआरएन एनसिसि अफ युएसएको तर्फबाट नेपाल सरकारसंग मिलेर प्रतिनिधिको रुपमा सेवा गर्ने अवसर पाएँ। नेपालमा भएको भयावह बाढीपिडित समस्यामा राहतका लागि सहभागी हुने, आपत विपतमा रहेका सम्पूर्ण नेपालीहरु दाजुभाई तथा दिदीबहिनीहरुलाई आवश्यक सहयोग गर्ने जस्ता यी सबै मरो जीवनका महत्वपूर्ण अनुभवहरु हुन् । यिनैअनुभवलाई संगालेर मैले आगामी दिनमा केहि गर्न सक्छु भन्ने दृढ विश्वास लिएको छु । योकार्यकल अत्यन्त छोटो भएकोले कुनै कार्य शुरुवात मात्र भएको छ भने कुनै कार्यको लागिपहल हुदैछ । अतः मलाई बिगत र बर्तमानको अनुभव उपयोग गराउंदै यो संस्थालाई एउटापरिपक्क र प्रतिष्ठित संस्था बनाउने अवसर फेरी पनि दिनुहुने छ भन्ने विश्वास छ । बामे सर्दै गरेको NRN, USA ले आज एक वर्ष नपुग्दै आफ्नो गति यहाहरुलाई छर्लङ्ग देखाएको छ । यो गतिलाई अझ अगाडि बढाउनका लागि म तपसिल बमोजिमका प्रतिबद्दता व्यक्त गर्दै NRN, USA को आगामी निर्बाचनमा वरिष्ठ उपाध्यक्ष पदमा मेरो उमेद्वारीको घोषणा गर्न गइरहेको कुरा जानकारी गर्न चाहन्छु ।

१) पूर्ण आर्थिक अधिकार भएको नेपाली नागरिकता निरन्तरताको लागिजोडदार पहल गर्ने । नेपाल सरकार र अमेरिकी सरकार समक्ष बुझाउन पर्ने दोहोरोकर हटाउने सम्बन्धमा नेपाल सरकार संग तुरुन्त लागु हुने गरि अमेरिकीलगानीलाई नेपाल भित्र्याउने सहज बातावरण सिर्जना गर्न विशेष पहल गर्नेछु ।

२) अमेरिकामा आउने नव आगन्तुक एनआरएन लाई एनआरएनअफिसमार्फत आधारभूत तालिमका साथै सूचना र सहयोग उपलब्ध गराउने ।

३) एनआरएन आई.डि. कार्डको व्यस्था गरी विभिन्नब्यबसायीहरुसंग एनआरएन का लागि सहुलियत सम्झौता गर्ने । सरकारीनिकायमा समेत प्रवेश सहजिकरण पहल गर्ने र एनआरएन ले पाउने सुबिधा ;सार्वजानिक सञ्चारका माध्यम मार्फत सार्वजनिक गराउने ।

४) आकस्मिक सेवा कोषको स्थापना गरि त्यसको उचित परिचालन एबं अनुगमन गर्ने।

५) हाम्रो भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र सम्बर्धनका लागिएउटा ल्च्ल्, ग्क्ब् मुख्य कार्यालय बनाउने र नेपालीहरुको बाक्लो बसाई भएकाराज्यहरुमा कम्युनिटी सेन्टरको व्यवस्था गर्ने ।

६) स्थानीय नेपाली संघ–संस्था र स्थानीय अमेरिकन सरकार बीचसम्बन्वय बढाउन पहल गर्ने र ल्च्ल् संस्थाको माध्यमबाट नेपाली समुदायमास्वास्थ्य, शिक्षा, बीमा, रोजगारी र ब्यापार जस्ता कार्यक्रम संचालन गर्न पहल गर्नेछु।

७) अन्तर्राष्ट्रिय जगतमा सम्पूर्ण ख्यातिप्राप्त व्यक्तित्वहरु (जस्तैःकलाकार, पत्रकार, खेलाडी, साहित्यकार ) लाई हाम्रा संचारका माध्यमबाट प्रचार–प्रसार गराई पुरस्कृत तथा हौसला प्रदान गर्ने ।

८) अमेरिकामा अपनाईएका नविनतम उच्च प्रविधिलाई नेपालको शिक्षा रस्वास्थ जस्ता महत्वपूर्ण क्षेत्रमा भित्र्याउन प्रयास गर्ने ।

९) नेपाली संघ–संगठनमा रहेर लामो समय काम गरेका अनुभवी र दक्षव्यक्तित्वलाई अमेरिकाको स्थानीय राजनीतिमा सहभागी गराउन पहल गर्ने ।

१०) नेपालको प्राकृतिक सौन्दर्यता तथा सांस्कृतिक सम्पदाको प्रचार–प्रसार गरि पर्यटन बिकासमा सहयोग पुयाउने ।

११) एनआरएन एनसिसि अफ युसए ले युसएहरुलाई ल्च्ल्, ग्क्ब् को वेबसाइटमा सुचिकृत गरी सबै संस्थाहरुको सहयोगमानेपाली अमेरिकनहरुको तथ्यांक संकलन गर्ने ।

१२) स्थानीय नेपाली संघ संगठनहरुलाई विशेष रुपमा समन्वय गर्दै ल्च्ल् काबिभिन्न गतिविधि र कार्यक्रममा सहभागी गराउने ।

१३एनआरएनएनसिसिअ फ युएसए लाई हामी सबै नेपालीको साझासंस्था बनाई सबै नेपालीलाई स्वत स्फुर्त सदस्यता लिने बातावरण बनाउने र नयाआउने समितिलाई सशक्त र प्रभावकारी बनाउन विशेष भूमिका खेल्न अभिप्रेरितगर्ने ।

यसरी प्रवासि नेपालीहरुको मन जोड्दै नेपाल र नेपालीका लागि आर्थिक सामाजिक रसांस्कृतिक क्रियाकलापमा आवश्यक सहयोग गर्ने हेतुले निस्वार्थ भावना बोकी विभिन्नयोजना बनाएको छु । अन्त्यमा, गत बर्ष जस्तै यहाहरुको माया, प्रेरणा र सद्भावको आभिलाषासहित बरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएको कुरा सम्पूर्ण नेपाली दाजुभाई, दिदी–बहिनीहरुलाई सहर्ष जानकारी गराउदछु ..

Thank You

Sincerely,

Krishna Pokhrel

Senior Vice President Candidate

(NRN NCC of USA)

Tel: 917 574 0809

www.nrnnccusa.org

प्रतिक्रिया