बिहीबार, मंसिर १८ २०७७
काठमाडौं ०७:४८
वासिङटन डिसी 21:03

नेपाली काग्रेस जन संम्पर्क समिती संयुत्तराज्य अमेरीका लाई खुल्ला पत्र

इनेप्लिज २०७२ वैशाख २ गते १३:३० मा प्रकाशित

श्री गोरख वहादुर विष्ट/आनन्द विष्ट
सभापती
नेपाली काग्रेस
जन संम्पर्क समिती
संयुत्तराज्य अमेरीका
बिषय :खुल्ला पत्र
श्री सभापती ज्यु,
तपाईले दिनुभएको अधिकार भित्ररही आज तपाईको नाउमा केही शब्दहरू लेख्ने जमर्को गर्दैछु मात्र नेपाली कग्रेस जन संम्पर्क समिती अमेरीकाको सिपाही भएर।
धेरै मनमुटाव र विवाद विच झण्डै आधा बर्ष आगाडी भएको अधिवेशनले तपाईलाइ सभापतीमा निर्वाचित गरेको तपाईले विगतमा गरेका यहाको कग्रेस प्रर्तिको निरन्तर लगानी र मेहनतको परिणाम नै हो,त्यो परीणामको अधिकतम सदुपयोग अमेरीका वासी सम्पुर्ण नेपालीहरू समक्ष पुग्छ भन्ने आशा र भरोसा तपाईको विजय पश्चात आमप्रजातन्त्रप्रेमीहरूको मन मस्तिष्कमा रहेको थियो। तर आज जन संम्पर्क समितीले के गर्दैछ,के भईरहेको छ , अमेरीकाभरीका नेपलीले मत्र हैन बिश्व भरीका गैर आवसीय नेपीलीहरूको ध्यान यो संस्था र यसको सभापतीको हैसीयतले तपाई प्रर्ति तानियको छ अझै मातृभुमी नेपाल को मातृपर्टी त झन पुरा विश्बस नै तपई र तपाईको संस्था प्रतिनै सोह्रआना छ।
भुमिका भन्दा पनी विषय प्रवेश गरौ एनआरएन को आगामी आसन्न निर्वचनमा हाम्रो जन संम्पर्क समितीको भुमिकामा कीन अन्योलता छाउदै छ।
यहा आउनेहरू मध्धै धैरे यस्ता साथिहरू छन् जो नेपालको राजनितीमा नेपाली कग्रेसका लागी आफ्नो घर परीवार केही नभनी कुनै कीसीमको लाभको आशा नराखी निश्वार्थ भवनाका साथ समाज परीवर्तन गरी देस विकास गर्छौ भन्ने विशुदॄ मार्गमा हिडेका थिए।
जब माओबदीतथाकथित जनयुदॄ भनिएको आतंकको शिकार वाट आफुसगैका कैयौ सथीहरूको निर्ममता पुर्बक गरीयका कहाली लाग्दा हत्या ,कुटपिट,धम्की सहेर पनी प्रजातन्त्रको लागी लड्दै गर्दा अन्तिम अवस्थामा मृत्यु वाट वाच्न सफलभई जिवनको उत्तरादॄमा बध्य भएर यहा आईपुग्ने तत्कालिन गोर्खा जिल्ला नेपाली काग्रेसका पर्टी सभापती भोजराज कडेल जस्ता सयौ काग्रेसीहरू ,अझै बृहत शन्ति सम्झौता पश्चात पनी देशमा भएको पहिलो संबिधान सभाको चुनावमा माओवादीको अन्याय रअत्याचार विरूदॄ आवाज उठाउदा विस्थापित हुनुपरेका गोर्खाकै तत्कालि जिल्ला सहसचिब एबं नेका महाधिबशन प्रर्तीनिधी साथी ह्ेमराज भट्ट देखी हाल सम्म पनि कब्जा गरीएका सम्पतीहरू फिर्ता नगरी गाउ फर्कीन नसकेका काग्रेसीहरू को कारूणीक र दयनीय आवस्था को वरेमा सायद सभापती ज्यु अनबिज्ञ हनुहुन्न होला।माथी उल्लेखीत नाम त मैले झट्ट लेख्दा आएका नाम हुन यस्ता सयौ साथीहरू यहा हुनुहुन्छ जसको मन मश्तिष्कमा यस्ता धटनाहरूले सधै त्रसीत र स्तब्ध बनईरहेका छन।यो त अनुभव गर्न नपाउने भाग्यमानीमा तपाई र तपीईको मौजुदा कार्य समितीका कतीसाथीहरू होलान्। कृपया अनुभ गर्न नपाउनुहुने भाग्यमनीहरूले केवल एकाग्र भयर त्यस क्षण देखी हाल सम्मको क्षणको त्यही ब्यात्तीको स्थानमा रहेर अनुभुति गर्नुहोस सच्चा र ईमानिदार काग्रेसीहरूको पिडाबोधले तपाईको मनकति छटपटीन्छ।
तपाईलाई लाग्न सक्छ नेपालमा काग्रेस कै सरकार छ त्यो सरकारको काम हो सरकारले नसकेको हामीले के गर्ने? हो यो पनी सही नै हो तर त्येही नेपाल सरकारका अगाडी भैरहेका विभिद घटनाले गर्दा नै हाम्रा साथिहरू बिदेसीनु परेको यथार्थ हो।
तपाईलाई निर्वाचित गरायको संस्था स्थापनामा आधिकारीकता प्रदान गर्ने माउ पर्टी नेपाली काग्रेको विधानमा तपाईले गर्ने काम ,कर्तब्य र अधिकारको स्पष्ट उल्लेखनै छ अरू धेरै त के भन्नु हमीहरू यो संस्थामा आबदॄ भएको पनी तिनै विधानमा रहेर हो र समान उद्येश्य राखेर।
निर्वाचित भएर यहासम्म आईपुग्दा पनी तपाईले यहाको नेपाली समाज र नेपाली काग्रेसलाई के कती हितका कामहरू गर्नुभयो त्यसको मुल्यङ्कन त ईतिहासले गर्ला तर वर्तमानमा आसन्न एनआरएनको निर्बाचनमा भने तपाईले यो संस्थालाई अनिर्णयको बन्दी बनाएर राख्नुहुने छैन र राख्नुहुदैन भन्नेमा सम्पुर्ण अमेरीकावासी तपाईका साधारण सदस्यहरूको मनोभावना छ।
यति मात्र हैन तपाई आफुलाई सफल र असफल बनाउन पनी यतीवेलाको तपाईको निर्णय सहयोग सिदॄ ठानिने छ।
हमीले बुझेका छौ यो निर्णय गर्न तपाईलाई बडो कठीन परेको छ किनकी तिन जना साथीहरू तपाईकै संगठनमा उत्तिकै महत्वपुर्ण छन तर पनी सथिभाईहरू विस्तारै तितर ,वितरहुदैछन्।राम्रो र हाम्रो भन्दापनी मेरो भन्ने केही साथीहरूको घेरा भित्रवाट तपाई बाहिर निस्कन सक्नुभएको छैन।

नेतृत्वको सक्षमता त्येहा देखिन्छ जहा कठीन परिस्थतीमा पनी क्षणीक नमिठा लाग्ने निर्णय नै किन नहोस तर त्यो अन्तत्वगोत्व परीणाम मुखी सवित होस्।त्येही परीणाम मुखी निर्णय गर्ने वेला तपाईको संघारमा छ।

सभापतीले गरेको निर्णयले सम्पुर्ण काग्रेसीजनमा नया उत्साह र जोस थपिने छ तेसले तपाईको निर्णयलाई परिणाम उन्मुख बनाउने छ । राम्रो परिणामले तपाईको नेतृत्वलाई दिर्धकालिन ईतिहासमा समेट्ने छ।तर अनिर्णयको बन्दी र परिणामहीन निर्णयको बाटोमा लाग्नुभयो भने केही समय तपाईको पर्र्टी मुलधारवाट बहीर निष्केला र केही अन्तराल पछी पुन मुलधारमै जाला जसरी भरीयाको बोकेका धेरै डोका फाट्छ ,भरीया थाक्छन कती डोकाहरू नयाँ आयपनी नम्लो भने त्यही हुन्छ र त्यो धुम्दै धेरैको थप्लोमा पुग्छ र तपाईलाई हामीले मात्र हैन ईतिहासले नै कलङ्कको पगरीले बाध्ने छ।
हामी धैर्यवान र अनुशासीत भएर तपाईको परिणाम मुखी निर्णयको प्रतिक्षामा छौ।आशा छ त्यो निर्णय तुरून्त आउने छ नकी भाई फुटायर गवार लुटाउनुहुने छैन अनी घर पोलेर खरानीको धनीपनी तपाई वन्नुहुने छैन।
जय नेपाल।।।
अनन्तराज सुबेदी
न्युयोर्क

प्रतिक्रिया