परासी, २ वैशाख । देशमा धार्मिक शान्तिको कामना गर्दै मङ्गलबारदेखि नवलपरासीको सदरमुकाम परासीमा बृहत् धार्मिक यज्ञ सुरु भएको छ ।
नयाँ वर्षको २०७२ को अवसर पारेर आयोजना गरिएको महायज्ञमा नवलपरासीका साथै त्रिवेणी, महेसपुर, सुनवल, बर्दघाटलगायत क्षेत्र र छिमेकी भारतबाट तीर्थालुको सहभागिता रहेको आयोजकले जनाएको छ ।
मुक्तिनाथ पीठाधिश्वर स्वामी कमलनयन आर्चायको सत् सङ्कल्पमा नेपाल माता महिमा राष्ट्रिय १०८ विराट महायज्ञ २०७२ सञ्चालन गरिएको महायज्ञ मूल समारोह समितिका संयोजक वीरेन्द्रकुमार अग्रहरीले बताउनुभयो ।
यज्ञको मुख्य उद्देश्य धार्मिक ज्ञानको आदानप्रदान गर्नु हो । यज्ञमा प्रख्यात कथावाचक दाशरथी आचार्यबाट कथावाचन गराइने समितिका उपसंयोजक नारायण रेग्मीले बताउनुभयो ।
एक सातासम्म चल्ने यज्ञको करिब रु चार लाख खर्च हुने समितिले बताएको छ ।
प्रतिक्रिया