कुनकुन कलाकारहरुले कसरी मनाउदै छन् नयाँ वर्ष ?

इनेप्लिज २०७२ वैशाख १ गते १४:४९ मा प्रकाशित

NEajainteraction3

 

डिसी नेपाल डटकम संवाददाता – २०७१ साललाई विदाई गरेर मंगलबारबाट २०७२ सालको थालनी हुँदैछ। चलचित्रका क्षेत्रमा यो वर्ष संख्यात्मक हिसाबले अगाडी देखिएपनि गुणात्मक रुपमा भने त्यती सफल वर्षका रुपमा देखिएको छैन् । नयाँ नयाँ कलाकारहरुले चलचित्र क्षेत्रको मोह र केही समयमै हात धुनु पर्ने बाध्यात्मक परिस्थित देखिएको छ । यो समस्यालाई नयाँ वर्ष देखि हल गर्नका लागि यस क्षेत्रका कलाकार तथा संघसंस्थाहरुको ध्यानाकर्षण पनि भएको छ । सो अवसरमा हिजोदेखि राजधानीमा चलचित्र कार्याशाला गोष्ठीनै सञ्चालनमा आएको छ । सो गोष्ठीबाट आएको निष्कर्शबाट नयाँ वर्षदेखि चलचित्रमा सुधार ल्याउने योजना रहेको चलचित्रकर्मीहरुले बताएका छन्।कुनकुन कलाकारहरुले कसरी मनाउदै छन् नयाँ वर्ष ?दिपक गिरी: चर्चित हाँस्य टेलिश्रृखला तितो सत्यका दिपक गिरीको नयाँ वर्षमा नै संयोगले जन्मदिन परेकाले नयाँ वर्ष र जन्मदिन एकै पटक मनाउने तयारीमा जुटेका छन् । नयाँ वर्ष मात्र नभएर जन्मदिन पनि त्यही दिन  परेकाले सब परिवारसँग बसेर मनाउने तयारी रहेको उनले बताएका छन् । नयाँ वर्षसँगै नयाँ कामको थालनी गर्ने योजना रहेको उनको भनाइ छ ।नायिका नन्दिता केसी: नायिका नन्दिता केसीले भने नयाँ वर्षमा बाहिर घुम्न जाने योजना रहेको बताएकी छन् । नयाँ वर्षसँगै नयाँ ठाउँमा गुम्न रमाइलो लाग्ने भएकाले आफुले सो योजना बनाएको डिसी नेपाललाई जानकारी दिइन् ।नायक अनुप बराल: चर्चित तथा दर्शकको मनमा बस्न सफल नायक अनुप बरालले भने नयाँ वर्षको नयाँ योजना केही नरहेको बताएका छन् । त्यस्तो विशेष कार्यक्रम नभएकाले परिवारमै बसेर रमाइलो गर्ने उनको सोच छ ।नायिका नम्रता श्रेष्ठ: पहिल्लो समय दर्शकबाट रुचाइएकी अर्की नायिका नम्रता श्रेष्ठले नयाँ कामको अनौपचारीक सुरुवात गरेर नयाँ वर्ष मनाउने योजना बनाएकी छन् । अर्को वर्ष देखि नयाँ उत्साहका साथमा चलचित्र क्षेत्रमा देखा पर्ने उनले दावी गरेकी छन् ।

नायक दयाह्याङ राई: नयाँ वर्ष नयाँ उत्साह उमङ्ग लिएर आउने भएकाले नयाँ जोस र जागरबाट चलचित्र क्षेत्रमा सक्रिय बन्ने योजना रहेको नायक राईले बताएका छन् । नयाँ वर्षका दिन अनौपचारिक रुपमा नयाँ कामको थालनी गर्ने उनको योजना रहेको छ ।

नायिका वेनिसा हमाल: पछिल्लो समय चलचित्रमा देखिएकी नायिका वेनिसा हमालले नयाँ वर्ष आउन सुरु गरेमात्रै योजना बनाउने प्रवृती मन नपर्ने बताउदै आफुले कुनै योजना नबनाएको बताएकी छन् । नयाँ वर्षका दिन जुन काम/ अवसर मिल्छ त्यही गरेर नयाँ वर्ष मनाउने उनको योजना छ ।

चलचित्रकर्मी नवल खड्का: चलचित्र संघका अध्यक्ष नवल खड्काले भने यो वर्ष चलचित्र क्षेत्रमा राम्रो उपलब्धी नदेखिएकाले नयाँ वर्षको सुरुवातसँगै चलचित्र क्षेत्रको गुणस्तरका लागि अगाडि बढ्ने योजना बनाएका छन् । नयाँ वर्षमा चलचित्रमा नयाँ उपलब्धी दिलाउने आफ्नो चाहना भएकाले त्यसमै व्यस्त हुने उनले बताए ।

स्रोत:डिसीनेपाल

प्रतिक्रिया